• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    टोकियोमा बुद्धजयन्ती

    4.3K
    SHARES

    काठमाडौँ। २५६७औँ बुद्धजयन्तीको नेपाली राजदूतावास टोकियोको आयोजनामा एक कार्यक्रम सम्पन्न भएको छ ।

    शनिबार राजधानी टोकियोमा आयोजित औपचारिक कार्यक्रममा दिप प्रज्वलन, बौद्ध धर्म मन्त्रोच्चारण, नाचगानसहितको कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रमका प्रमुख अतिथि जापानको प्रतिनिधिसभाका सदस्य हिरागुची हिरोसीले वर्षौं अघि नेपाल पुगेको सम्झना गर्दै नेपाल जापानको संस्कार खाना र आत्मीयताको बयान गरेका थिए ।

    हिरोसीले नेपालको सगरमाथा र सुन्दर हिमालको चर्चा गर्दै जापान नेपालबीचको आपसी सद्भावको पनि खुलेर कुरा गरे । कार्यक्रममा स्वागत मन्तव्य राख्दै जापानका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीले नेपाल र जापानबीचकाे सम्बन्धको कुरा सँगै विश्वमा हिजो भन्दा आज भगवान् गौतम बुद्धका उपदेश सान्दर्भिक र सार्थक बन्दै गएको बताए ।

    साथै शान्तिका दुत भगवान् बुद्ध जन्मेको देशका नेपालीले पनि शान्ति, अहिंसा, मानवताका वाणी मनन गर्दै शान्तिको अस्तित्व कायम राख्न प्रयास गर्न अनुरोध समेत गरे ।

    कार्यक्रममा प्रोफेसर सुदन शाक्यले बौद्ध धर्मबारे सामग्री समेत देखाएका थिए । जापानी नागरिक युको ओकामोतोले बौद्ध धर्म अन्तर्गतको नेवार समुदायमा नाचिने चर्या नाच पनि प्रस्तुत गरेकी थिइन् ।​

    नेपाली राजदूतावास टोकियोका उपनियोग प्रमुख अम्विका जोशी र यशोदा बस्नेतको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जापानी र नेपालीहरूको बाक्लो सहभागिता रहेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया