• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

कला साहित्य

‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलमलाई

11.4K
SHARES



काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले हातपारेकी छन् ।

शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् । उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो ।

अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायक थिए । उपाधि विजेता कविले दस लाख रुपैयाँसहित यात्रा पब्लिसिङ हाउसको तर्फबाट ५ लाख बराबरको कवितासंग्रह पनि प्रकाशनको अवसर पाएकी छन् ।

कार्यक्रममा १४ कविले विभिन्न एपिसोड र चरणमा तयार पारेका कविता संग्रहित पुस्तक पनि विमोचन भयो । उपाधि ग्रहण गर्दै गुरुङले साहित्यको क्षेत्रबाट नहराउने बताइन् । उनले साहित्यको डस्टरले नेपाल र सिक्किमबीचको सिमाना मेटिएको बताएकी छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ