• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘जनयुद्धका घटना अदालतमा गए प्रचण्ड मात्रै होइन केपी र देउवा पनि जेल जानुपर्छ’

    1.4K
    SHARES



    काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेलले जनयुद्धकालिन घटनालाई नियमित अदालती प्रक्रियामा लिए प्रचण्डमात्रै नभएर तत्कालिन सात राजनीतिक दलका नेताहरु पनि जिम्मेवर रहेको बताएका छन् ।

    शनिबार संवाद डबलीमा ‘शान्ति प्रक्रिया र संक्रमणकालिन न्याय व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै गजुरेलले शान्ति प्रक्रियामा तत्कालिन विद्रोही नेकपा (माओवादी), ७ राजनीतिक दल र राज्यबीच सहमति भएको र त्यसको अनुगमन संयुक्त राष्ट्र संघले अनमिनमार्फत गरेको तर अहिले माओवादीलाई मात्रै दोष दिइएको बताए । उनले शान्ति प्रक्रियाको स्प्रिडअनुसार संक्रमणकालिन न्याय सम्पादन नहुनुमा प्रचण्डजत्तिकै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माधव कुमार नेपाल, बबुराम भट्टराई जिम्मेवार रहेको बताए ।

    गजुरेलले भने, “जनयुद्ध ठूलो क्रान्ति थियो, त्यहाँ धेरैको ज्यान जान्छ, हातहती हुन्छ, त्यो अपराधिक केस लगाएर हुँदैन, यो त शान्ति प्रक्रियाअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्छ ।”
    आफूहरु पीडितले न्याय चाँडो पाउनुपर्छ भन्नेमा भएको बताउँदै गजुरेलले अदालत १६ वर्षसम्म न्याय दिन नसक्नेतिर सोझिनु पथ्र्यो तर अदालतले न्याय दिने भन्दै फौजदारी बाटोमा समात्नु गलत भएको बताए । उनले प्रचण्डको भाषणलाई लिएर अदालतले गरेको आदेशबाट आफूहरु नतर्सेको तर साँचो भएको बताए ।

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले गणतन्त्र ल्याउने बलिदान गर्ने माओवादीहरुमाथि नै मुद्धा लगाइएको भन्दै आपत्ति जनाएका छन् । उनले भने, “यो परिवर्तन ल्याउने माओवादी, बलिदान गर्ने माओवादी, जनताको पक्षको लड्ने माओवादी तर माओवादीमाथि नै मुद्धा, यो भन्दा ठूलो अत्याचार अरु के हुन्छ ?”

    बास्तोलाले प्रचण्डविरुद्ध अदालतमा मुद्धा दर्ता भएपछि माओवादीहरु डराएको भन्ने हल्ला चलाइएको बताउँदै बास्तोलाले भने, “यहाँ माओवादी डराएको भनेर हल्ला चलाइएको छ, हामी डराएका छैनौं, जनयुद्ध सुरु गर्दा जनतालाई मुक्त गर्ने कसम खाएको र अपील गर्नेमध्ये म पनि हुँ, यस्ता मुद्धाबाट डराएको होइन, शान्ति प्रक्रियाकामा उल्लेख भएअनुसार न्याय सम्पादन गरिनुपर्छ भन्ने हाम्रो विषय हो ।” उनले अहिले व्यवस्था दलाल पुँजीपति वर्गको हातमा पुगेको भन्दै त्यसविरुद्ध आफूहरु उभिएको बताए ।

    शान्ति प्रक्रियाका एजेण्डा बाहेक अरु विषयमा प्रचण्डसँग राजनीतिक विषयमा आफूहरुको कुनै छलफल नभएको समेत बास्तोलाले बताए । बास्तोलाले माओवादीमात्र होइन आफैले बनाएको संविधान, आफैले हस्ताक्षर गरेको शान्ति सम्झौताका विरुद्ध जानेहरु पनि यसको भागिदार हुने चेतावनी समेत दिए । उनले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु¥याउने विषयमा आफूहरुको साथ र सहयोग हुने बताए ।

    नेकपा बहुमतका प्रवक्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले अदालतले राजनीति गर्न खोजेको बताए । उनले राजनीतिक विषयलाई राजनीतिक विषयभन्दा कानुनी विषयमा हल गर्न खोजिएकोले समस्या पैदा भएको बताए ।

    माओवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव रामनारायण पालले जनयुद्धको गौरवपूर्ण इतिहासलाई संविधानले स्वीकार गरिसकेको बताउँदै द्वन्द्वका पीडितहरुलाई न्याय नियमित अदालतमा दिन नमिल्ने बताए ।
    कार्यक्रममा नेकपा (माओवादी) का अध्यक्ष गोपाल पोखरेल, नारायणप्रसाद धिमाल, चन्द्रहरी सुवेदीले जनयुद्धकालिन मुद्धालाई नियमति अदालतमा लगे फेरि नेपाल द्वन्द्वमा फस्ने चेतावनी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ