News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रदेश

अछाममा खोलामा नुहाउने क्रममा भगवान् शिवको मूर्ति र शिवलिंग फेला

0.9K
SHARES


अछाम। खोलामा नुहाउँदै गर्दा अछाममा भगवान् शिवको कलात्मक मूर्ति र शिवलिंग भेटिएको छ ।

अछामको कमलबजार नगरपालिका-५ स्थित सातजडा त्रिवेणीमा नुहाउने बेला पानी भित्र बालुवा मुनि शिव पार्वतीको तामा पित्तलको मूर्ति र शिवलिंग फेला परेको जनाइएको छ ।

कमलबजार नगरपालिका वडा नं ४ चाल्सा सिरुगाडका दल बहादुर साउँदले उक्त मूर्ति र शिवलिंग फेला परेका हुन् । मूर्ति र शिवलिंग भेट्टीएसंगै सो ठाउँमा पौराणिक कालमा भगवान् शिवको ठुलो शक्ति पीठ रहेको हुनसक्ने आँकलन गर्न थालिएको छ ।

उक्त त्रिवेणी आसपासमा यसअघि पनि विभिन्न समयमा भगवान् शिवसँग सम्बन्धित सामग्रीहरु फेला पर्दै आएका छन् । मूर्ति र शिवलिंग भेटिएपछि स्थानीयले सो ठाउँको उत्खननको माग गरेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया