• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश सुदुरपश्चिम

    धनगढीमा झिलीमिली स्वागतद्धार, जडान गरियो ३२ फ्लड लाइट

    842
    SHARES



    धनगढी । कैलालीको धनगढीमा भव्य स्वागतद्धार निर्माण गरिएको छ । ३२ वटा फ्लड र स्ट्रिप लाइट जडान गरेर गेटलाई झिलीमिली बनाइएको छ । अत्तरियाबाट ६ लेन सडक हुँदै धनगढी प्रवेश गर्ने स्थान गेटामा झिलीमिली स्वागतद्धार निर्माण गरिएको हो ।

    गेटको चारैतिर विभिन्न आकार दिने बत्ती जडान गरिएको छ। अत्तरियाबाट आउँदा ‘धनगढी उपमहानगरपालिकामा स्वागत गर्दछौँ’ नेपाली र अंग्रेजीमा लेखिएको साइन बोर्ड राखिएको छ भने धनगढीबाट अत्तरिया जाँदा ‘धनगढी उपमहानगरपालिकामा भ्रमण गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछौँ’ लेखिएको ठूलो साइन बोर्ड राखिएको छ ।

    गेटको माथि धनगढीतर्फ र अत्तरियातर्फ एक नासको उज्यालो दिने बत्तीहरु राखिएको छ । गेटको वरीपरिको पूरै भाग निलो, रातो हरियो आकारको रंग दिने छुट्टै बत्ती जडान गरिएको छ । धनगढी गेट प्रवेशदेखि उज्यालो यात्रा करिब १० किलोमिटर सीधासीधा गर्न सकिने व्यवस्था उपमहानगरपालिकाले गरिदिएको छ ।

    धनगढीले निर्माण गरेर सञ्चालनमा ल्याएको प्रवेशद्धार धनगढी उपमहानगर र गोदावरी नगरपालिकाको बिचमा पर्छ । धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ