• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश

    बस र मोटरसाइकल ठोक्किंदा दाङमा २ जनाको मृत्यु

    796
    SHARES



    काठमाडौं । दाङको राजपुर गाउँपालिका-५ कोरियाखोलामा मोटरसाइकललाई बसले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

    हिजो साँझ गङ्गादीतर्फ जाँदै गरेको रा १ ख २३६० नम्बरको बस र पूर्वतर्फ आउँदै गरेको रा ७ प २०७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

    सो दुर्घटनामा राजपुर गाउँपालिका-५ नौसहराका प्रदीप यादव र प्रमोद यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो । उनीहरु मोटरसाइकमा सवार थिए ।

    मोटरसाइकल चालक प्रमोद यादवको घटनास्थलमै र गम्भीर घाइते भएका प्रदीपलाई लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया