काठमाडौँ। नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पुत्रशोक परेको छ ।
आचार्यका जेठा छोरा शिखर आचार्यको हिजो साझ ६ बजे काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको हो ।
४० वर्षका शिखरका पत्नी, दुई छोरी छन् । पारिवारिक स्रोतका अनुसार अचानक ब्लिडिङ भएपछि उनलाई अस्पताल लगिएको थियो । अस्पतालमा हिजो शल्यक्रियासमेत भएको थियो । तर, त्यसको आधा घन्टापछि उनको निधन भएको हो । नेता आचार्यका २ छोरा छन् ।
प्रतिक्रिया