• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तर्वार्ता

    म अनागरिक हुँ, कुनै प्रश्नको जवाफ छैन : रवि लामिछाने

    10.2K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    तर उनले आफुसंग अहिले आरु कुनै प्रश्नको जवाफ नभएको बताएका छन् । सर्वोच्चले सांसद पद खारेज भएको फैसला सुनाउँदा लामिछानेले गृह मन्त्रालयमै थिए ।

    मन्त्रालयबाट बाहिरिने क्रममा उनले भनेका छन्, अदालतको फैसलालाई स्वागत गर्छु, स्वीकार गर्छु ।’ अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

    सञ्चारकर्मी र लामिछानेको सम्वाद

    प्रश्न : सर्वोच्चको फैसलामा तपाईको प्रतिक्रिया के छ ?

    रवि : तपाईहरु एउटा अनागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । कहाँको नागरिकलाई प्रश्न सोध्दै हुनुहुन्छ । म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको नै थाहा छैन ।

    प्रश्न : यो भन्दा अगाडि त गृहमन्त्री हुनुहुन्थ्यो नि

    रवि : यतिखेर म अनागरिक छु, एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

    प्रश्न : अब के गर्नुहुन्छ ?

    रवि : थाहा छैन मलाई । एउटा अनागरिकले के गर्छ बुझेकै छैन मैले ।

    प्रश्न : सर्वोच्चको फैसलालाई कुन रुपमा लिनु भएको छ ?

    रवि : स्वागत गर्छु, स्वीकार गर्छु । सर्वोच्च अदालतभन्दा माथिल्लो कुनै निकाय छ र ? अदालतको फैसलालाई त म एकदमै स्वागत गर्छु, तर अरु प्रश्नमा त भनिहालेँ, एउटा अनागरिकले के उत्तर दिने ।

    प्रश्न : राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष …

    रवि : म अध्यक्ष रहिनँ सर । म केही पनि होइन, कहीँको पनि होइन ।

    प्रश्न : नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानुहुन्छ ?

    रवि : यो सबै प्रश्नहरुको मसँग कुनै जवाफ छैन । तपाईहरुले कसलाई प्रश्न सोध्नु भएको ? प्रश्न सोध्न कुनै परिचय चाहिन्छ । यतिखेर कुनै परिचय नभएको एउटा अनागरिकलाई के प्रश्न सोध्नुहुन्छ ।

    प्रश्न : जनताले माया गरेको व्यक्ति त हो नि तपाईँ ?

    रवि : त्यो पनि मलाई थाहा भएन ।

    प्रश्न : रास्वपाको सभापति अब को हो त ?

    रवि : खै थाहा भएन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ