• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तर्वार्ता मनोरञ्जन

    गाउँमा देखेका धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरूबाट क्यारेक्टर निकाले: माओत्से गुरुङ

    2.7K
    SHARES



    काठमाडौं । कलाकार माओत्से गुरुङ निर्देशन र अभिनयमा अब्बल छन् । दर्जनौं फिल्ममा अभिनय गरिसकेका माओत्से फिल्म ‘दयारानी’का निर्देशक समेत हुन् । यिनै माओत्से आगामी मंसिर ७ गतेबाट रिलिज हुने फिल्म ‘अग्निदहन’मा धामीको चरित्रमा दर्शकमाझ आउँदैछन् । माओत्सेसँग फिल्मलाई लिएर गरिएको कुराकानीः–

    धामीको चरित्र निभाउन कत्तिको गाह्रो वा सजिलो ?
    धामीको चरित्र निभाउन सजिलो चाहिँ पक्कै थिएन । एउटा यस्तो व्यक्ति बन्नु थियो, जसले व्यक्तिलाई होइन, समाजलाई आफ्नो नियन्त्रणमा राख्थ्यो ।

    यो चरित्रका लागि के कस्तो तयारी गर्नुभयो ?
    धेरै तयारी थिएन । म गाउँमा जन्मेर हुर्केको मान्छे । धामी झाँक्री र बोक्सीका थुप्रै घटनाहरू देखेको थिएँ । मैले देखेका तिनै धामीबाट क्यारेक्टर निकालेको हुँ ।

    ट्रेलर हेर्दा तपाईंले धामी भएर महिलालाई फलामले डाम्ने, मलमुत्र खुवाउन आदेश दिने काम गर्नुभएको छ । यो काम तपाईंका लागि कत्तिको चुनौतिपूर्ण थियो ?
    म फिल्मको कथाको पात्र भएर घटनामा उपस्थित भएको हुँ । त्यसकारण खासै समस्या चाहिँ भएन ।

    माओत्से गुरुङले अहिलेसम्म दर्शकले सकारात्मक चरित्रमा हेरिरहँदा यो फिल्ममा तपाईं नेगेटिभ चरित्रमा देखिनुभएको छ । आफ्नो इमेज बिग्रिएला कि भन्ने डर छ कि छैन ?
    म कलाकार हुँ । फिल्म अथवा नाटकमा अभिनय गर्दा म प्रोटोगोनिस या एन्टोगोनिस यस्तै मात्रै भुमिका गर्छु भनेर कहिले पनि रोज्दिनँ । मेरो भूमिकाले फिल्ममा कस्तो प्रभाव पार्छ, त्यो हेर्छु । दर्शकहरुले पनि सायद मबाट यस्तै भूमिकाको आश गर्नुहुन्छ होला ।

    तपाईंको बुझाईमा बोक्सी आरोपित महिलाप्रति धामी किन यति क्रुर बन्छन् ?
    मैले सबै धामी क्रुर भएको देखेको छैन । कतिपय धामीले मनोवैज्ञानिक रूपमा ट्रिटमेन्ट गरेको पनि देखेको छु । तर, जो जसले बोक्सीको नाममा महिलालाई दुख दिइरहेका छन्, त्यो साच्चिकै अमानवीय कार्य हो ।

    धामी चरित्र निभाउनका लागि अध्ययन पनि गर्नुभयो कि ?
    मैले धामी झाँक्रीले गरेको पुजाआजा र अनुष्ठान बच्चै देखि देखेको हुँ । सामन्य झारफुक मेरो बाबाले पनि गर्नुहुन्थ्यो । त्यसैले खासै धेरै अनुसन्धान गरिनँ ।

    के कुराले तपाईंलाई अग्निदहनमा काम गर्ने इच्छा जाग्यो ?
    ‘अग्निदहन’को निर्देशक घनश्याम लामिछाने मेरो मित्र पनि हुनुहुन्छ । उहाँले ‘तपाईलाई सुहाउने एउटा रोल छ भनेर भेटौं’ भन्नुभयो । उहाँलाई भेटें । रोल पनि सुनें । आफ्नो रोल मनपरेपछि फिल्ममा जोडिएँ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया