• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी मुख्य समाचार

    कञ्चनपुरमा चप्पलको माला लगाएर ओली र मोदीको पुत्ला जलाइयो !

    29K
    SHARES



    भीमदत्तनगर, २८ बैसाख ।

    नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीको सँगै पुत्ला जलाएका छन् । दुवैको पुत्लालाई जलाउनुअघि गलामा चप्पलको माला पहिराएर गाउभरी समेत डुलाइएको थियो ।

    शुक्रबार दिउँसो पुनर्वासलगायत कञ्चनपुरस्थित नेपाल–भारत सीमा क्षेत्रमा पुत्ला जलाइएको छ । सीमा क्षेत्रमा भारतीय हस्तक्षेप, अरुण तेस्रो जलविद्युत आयोजनाको सिलन्यासको विरोध गर्दै उनीहरुले दुबै प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नाकाबन्दी गर्ने, सीमा अतिक्रमण जारी रहेपनि प्रधानमन्त्री ओलीले स्वाभिमान गुम्ने गरी मोदीलाई सम्मान गरेको भन्दै नेकपाका कार्यकर्ताहरुले चर्का नारा समेत लगाएका छन् ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा पुग्ने बित्तिकैबाट सुरु भएको नाराबाजी र पुत्ला जलाउने कार्य अहिले पनि जारी रहेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विरेन्द्र शाहले जानकारी दिए । उनले भ्रमणको नाममा भारतीय सेनालाई नेपालीभूमीमा मार्चपास गराएकोले प्रधानमन्त्री ओलीको पुत्ला जलाएको बताए ।

    नेकपाको अगुवाईमा भएको विरोध प्रदर्शन तथा पुत्ला दहनमा स्थानीय सर्वसाधारणको व्यापक सहभागीता रहेको थियो । मोदीको नेपाल भ्रमणविरुद्ध जिल्ला चार ठाउँमा प्रदर्शन गर्दै पुत्ला जलाइएको छ ।

    यसअघि नेकपाका प्रबक्ता प्रकाण्डले विज्ञप्ति जारी गरेर मोदीको भ्रमणले नेपालीको राष्ट्रियतामाथि थप खतरा थपिएको बताएका थिए ।

    यस्तो छ विज्ञप्ति

    १. हाम्रो पार्टीको मजदुर संगठनको भरखरै पोखरामा राष्ट्रिय सम्मेलन सम्पन्न भएर काठमाण्डौं अनाम नगर स्थित संवाद डबलीको हलमा वैशाख २५ गते दिउँसो राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गरि राखेको बेला पत्रकार सम्मेलनमाथि हस्तक्षेप गरि पार्टीका केन्द्रीय सदस्य तथा मजदुर संगठनका अध्यक्ष क.संजीव (अमर झाँक्री), सचिव देव परियार, केन्द्रीय सदस्य, शिब परियार, शिशिर थापा, हरिचन्द्र खड्का, भिम अधिकारी, एलवि बुढाथोकी र टेक प्रधान गरी ८ जनालाई गिरप्तार गर्यो ।

    केपी ओली र प्रचण्ड गठबन्धनको ओली सरकारको हाम्रो पार्टी, जनसंगठन र जन क्रान्तिका विरुद्धको जंगली रवैयाले कम्युनिस्ट क्रान्तिकारीहरु, सच्चा लोकतन्त्रवादीहरु र राष्ट्रवादी नेपाली जनतालाई आक्रोशित र स्तब्ध तुल्याएको छ । हाम्रो पार्टीको मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको ओली सरकारको निरंकुशतावादी दमन, हस्तक्षेप र गैर कानूनी गिरप्तारीको पार्टी घोर निन्दा एवं भत्र्सना गर्दछ । गिरप्तार नेता र कार्यकर्ताहरुको सिघ्र रिहाईको जोडदार माग गर्दछ ।

    २. देशले अन्तिम मुक्ति र नेपाली जनताले पूर्ण राजनैतिक अधिकार प्राप्त गर्ने प्रवल सम्भावनायुक्त परिस्थिति जुन सृजना भएको छ, त्यो २००७ साल देखि नेपाली जनताले अनवरत रुपमा गर्दै आएको जनसंघर्ष र १० वर्षको महान जनयुद्धको परिणाम हो । याने जनताको संघर्ष र क्रान्तिकारी पहलकदमीको परिणाम हो । नेपाली जनताले क्रान्तिकारी संघर्षबाट हासिल गरेका अधिकारहरुलाई कथित अखण्डता, शान्ति र विकाशको वाहानाबाजीमा कटौंती गर्न न ओलीले पाउँछन् प्रचण्डले न त यो गठबन्धन र ओली सरकारले नै पाउँछ । यो त नेपाली जनता र यसको जनक्रान्तिसँग जिस्किने कुरा मात्र हो । जुन हाम्रो पार्टी र नेपाली जनतालाई सैह्य छैन् ।

    ३. ओली सरकारले मजदुर संगठनको पत्रकार सम्मेलनमा घटाएको यो घटना र सरकार बने देखि हाम्रो पार्टी र एकीकृत जनक्रान्तिका विरुद्ध श्रृखलावद्ध घटाइएका दमनका जंगली घटनाहरुले यो गठबन्धन र सरकार प्रतिक्रान्तिको मसिया हो भन्ने विषय प्रष्ट हुन्छ । यसले नेपाली जनताको संघर्षबाट हासिल भएका राष्ट्रिय स्वाधिनता र जनताका राजनैतिक अधिकारसंग सम्बन्धी उपलब्धीहरुलाई मात्रै सिध्याउदै छैन कि आफैले बनाएको संविधान र त्यसले व्यवस्था गरेको मौलिक अधिकार समेतको खिल्ली उडाउदैछ । यसको बलियो सबुत भारत भ्रमणको बेला गरेको ‘प्याकेज राष्ट्रघात’, नेपाली जनक्रान्ति एवं जनताको राजनैतिक संघर्षका विरुद्ध विगतका सबै सरकारलाई माथ गर्ने गरी गरिराखेको आततायी दमन र मजदुर संगठनको पत्रकार सम्मेलनमाथिको आक्रमण हो । जुन सामाजिक दलाल अधिनायकवादी छ ।

    ४. वाम भनिएको गठबन्धन र ओली सरकारलाई हाम्रो चुनौति के छ भने नेपाल कम्युनिस्ट पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिसँग खेलवाड नगर ! यो त नेपाली श्रमजीवी जनताको पार्टी नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संचालित नेपाली सर्वहारा क्रान्ति हो । दलाल पूँजीपति वर्ग, त्यसको सत्ता र शासन व्यवस्थाको अन्त गर्ने र राष्ट्र एवं नेपाली श्रमजीवी जनताको मुक्ति यसको उद्देश्य छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ