• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    सूर्यका थुप्रै क्षत्रमा ठूल्ठूला खाल्डा, पृथ्वीका लागि चेतावनी

    3.2K
    SHARES

    काठमाडौँ। सूर्यमा पछिल्ला केही दिनदेखि विशाल काला खाल्डा बनिरहेका छन् । यी खाडलहरु गहिरो र निकै ठूला छन् । यति ठूला कि यसमा थुप्रै धर्ती विलिन हुनसक्छ ।

    यसभित्रबाट तातो सौर्य तरङ्ग एकदमै तीब्र गतिमा निस्किरहेको छ । वैज्ञानिकले यी खाल्डा हालै देखेका थिए । यसबाट निस्कने सौर्य तरङ्गले समस्या निम्त्याउन सक्छ । वैज्ञानिकले यी खाल्डालाई कारोनल होल भनिरहेका छन् ।

    यो सूर्यको मध्य भागमा बन्छन् । यो त्यतिबेला बन्छन् जब सूर्यको माथिल्लो वायुमण्डलको इलेक्ट्रिफाइड ग्यास अर्थात् प्लाज्माको तापक्रम खस्कन्छ । तर यी अन्य स्थानभन्दा घना हुन्छन् । यसैकारण यो कालो रङको देखिन्छ । टाढाबाट हेर्दा यस्तो लाग्छ कि सूर्यमा खाल्डो परेको छ ।

    यी खाल्डाको किनारामा सूर्यको चुम्बकीय रेखा बलियो हुन्छन् । यस्तोमा यसले खाल्डोभित्र भएका सौर्य पदार्थलाई तीब्र रुपमा बाहिर तान्ने गर्छ । यतिबेला यी खाल्डाबाट जुन सौर्य आँधी निस्किरहेको छ, यसको गति २.९० करोड किलोमिटर प्रतिघण्टा हो । यो लहरमा तीब्र इलेक्ट्रोन्स, प्रोटोन्स र अल्फा पार्टिकल्स निस्कन्छन् । यसलाई धर्तीको चुम्बकीय शक्तिले सोस्ने गर्छ ।

    सोस्ने प्रक्रियामा सूर्यको लहर र धर्तीको चुम्बकीय क्षेत्रमा एउटा युद्धजस्तो हुन्छ । यसलाई जियोम्याग्नेटिक स्टोर्म भनिन्छ । पृथ्वीको दुबै ध्रुवमा वायुमण्डल पातलो छ । यहाँबाट सौर्य लहर वायुमण्डललाई चिरेर भित्र आउने गर्छ । यस्तोमा यहाँ रंगीबिरंगी प्रकाश तैरन थाल्छ । जसलाई नर्दन लाइट्स भनिन्छ ।

    हाल यी खाल्डाका कारण जुन सौर्य आँधी धर्तीतर्फ आइरहेको छ त्यो जी-वान जियोम्याग्नेटिक स्टर्म हो । अर्थात् यसबारे खासै बढी खतरा छैन । तर बिजुलीको ग्रिड र केही उपग्रहमा असर पर्नसक्छ ।

    यसमा पहिलो खाल्डो यसै वर्ष छठ पर्व ताका बनेको थियो । त्यतिबेला सूर्यको मुस्कुराइरहेको तस्बिर जारी गरिएको थियो । वास्तवमा यी खाल्डा त्यतिबेला नै बन्न सुरु भएको हो । त्यसपछि लगातार चारदेखि पाँच पटक यस्ता खाल्डा बनिसकेका छन् । पछिल्लो पटक ३० नोभेम्बर २०२२ मा खाल्डो देखिएको थियो ।

    नासाको अन्तरिक्ष यानले खिचेको थियो यस्तो तस्बिर

    साधारणतया सूर्यबाट निस्कने आँधी धर्तीमा आउन १५ देखि १८ घण्टा लाग्छ । यो अत्यधिक तीब्र हुँदा यस्तो हुन्छ । यदि कमजोर स्तरको आँधी छ भने त्यो पुग्न २४ देखि ३० घण्टा लाग्छ । यतिबेला सूर्यको ११ वर्षको साइकल चलिरहेको छ जसको सुरुवात सन् २०१९ डिसेम्बरबाट सुरु भएको छ । त्यसअघि सूर्य शान्त थियो तर अब जागेको छ ।

    सूर्य सुत्ने र उठ्ने साइकलबारे सबैभन्दा पहिला सन् १७७५ मा पत्ता लागेको थियो । त्यतिबेलादेखि यसमाथि लगातार नजर राखिँदै छ । सूर्यको सबैभन्दा धेरै गतिविधि सन् २०२५ मा हुनेछ । विश्वको सबैभन्दा ठूलो सौर्य आँधी सन् १८९५ मा दर्ता गरिएको थियो । यसलाई क्यारिङ्ग्टन इभेन्ट भनिन्छ । यसबाट यति ऊर्जा निस्किन्थ्यो कि जति एक मेगाटन शक्ति भएको हजार करोड एटम बमबाट निस्कन्छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ