• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, घट्यो चाँदी

    1K
    SHARES



    काठमाडौं । दिनदिनै नयाँ रेकर्ड बनाइरहेको सुन बुधबार तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा ४ सय बढी हो । अघिल्लो दिन २ लाख ४८ हजार ५ सयमा सुनको कारोबार भएको थियो । शुक्रबारयता सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    चाँदीको भाउ भने उच्च मूल्य रेकर्डबाट आज घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँ घट्दै ३ हजार २४० मा झरेको महासंघले जनाएक छ ।

    पछिल्लो समय विश्वभरका लगानीकर्ताले सुनको माग बढाउँदा मूल्य बढिरहेको छ । पछिल्ला महिना सुनको लगानीमा उच्च प्रतिफल देखिएसँगै विश्वभरका ठूला लगानीकर्तामा यसमा आकर्षित भएका छन् ।

    नेपाल र भारतमा दिपावलीका कारण भौतिक खुद्रा माग समेत बढेको छ । विश्वका केन्द्रीय बैंकहरुले कसिलो रुपमा सुन होल्ड गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ