जनकपुरधाम । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार ‘सोनल’ आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन्। उनीसँगै दुई मन्त्रीले पनि बिनाविभागीय रूपमा शपथ लिने भएका छन्।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा हुने समारोहमा मुख्यमन्त्री सोनलसँगै महेश यादव र गणेश पटेलले मन्त्रीको शपथ लिने तयारी भएको स्रोतले जनाएको छ।
सोनललाई बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रले मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेशमा गठबन्धन सरकार गठनको तयारीसँगै मन्त्रीहरूको सूची क्रमशः विस्तार गरिने बताइएको छ।
प्रतिक्रिया