• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज काठमाडौँमा

    1K
    SHARES



    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बिहान ११ बजेपछि काठमाडौँमा बस्दैछ। बैठकले भोलि बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नेछ।

    उपमहासचिव रामकुमार भट्टराईका अनुसार स्थायी कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनका साथै सचिवालय बैठकका निर्णयहरूलाई अनुमोदन गर्नेछ।

    यसअघि पार्टीको एघारौँ सचिवालय बैठक असोज २४ र २६ गते बसेको थियो। सो बैठकले वर्तमान राजनीतिक संकटको समाधान, गणतन्त्र र संविधानको रक्षा, र आगामी निर्वाचनको विश्वसनीय वातावरण सुनिश्चित गर्न लोकतान्त्रिक गणतन्त्र र संविधान पक्षधर शक्तिहरूबीच संवाद तथा सहकार्य अघि बढाउने निर्णय गरेको थियो।

    त्यस्तै, सचिवालय बैठकले वामपन्थी, कम्युनिस्ट र समाजवादी शक्तिहरूबीच चलिरहेको एकता वार्ता प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउने जिम्मेवारी वार्ता समितिलाई दिने निर्णय पनि गरेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ