• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ट्रकको ठक्करबाट १८ बर्षीय शाहीको मृत्युपछि आफन्त आन्दोलित, भोली कर्णाली राजमार्ग बन्द

    6.4K
    SHARES



    काठमाडौँ। दैलेखको रामघाटस्थित कर्णाली राजमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

    खाडाचक्र नगरपालिका–११, कालिकोटका १८ वर्षीय एडमन शाहीको बुधबार अपराह्न करिब ४:३० बजे ट्रकको ठक्करबाट गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल सुर्खेत पुर्याउने बितिक्कै मृत्यु भएको हो।

    शाही सवार मोटरसाइकललाई ना ७ ख ७२३८ नम्बरको ट्रकले रामघाटस्थित पुलमै ठक्कर दिएको थियो। ठक्करले घाइते भएका शाहीलाई ट्रकले किचेर मारेको प्रत्यक्षदर्शीले बताएका छन् । घटनालगत्तै उनलाई तत्काल राकमस्थित स्थानीय स्वास्थ्य चौकी पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि सुर्खेत पठाइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।

    शाहीलाई ठक्कर दिएर फरार भएका ट्रक चालक तुलसीपुर उपमहानगरपालिका–७ का ४८ वर्षीय बालाराम खड्कालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले सञ्चारकेन्द्रलाई बतायो। खड्काबिरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, दैलेखमा जाहेरी दर्ता गराएका छन्।

    प्लस टु सकेर आइटी इन्जिनियरिङ पढ्ने तरखरमा रहेका एडमन शाही सुर्खेतबाट दशैका लागि कालिकोट घर फर्किन लागेका थिए । शाहीकी आमाको करिब ४ बर्षअघि कालिकोटमै घास काट्ने क्रममा भीरबाट लडेर ज्यान गएको थियो भने बुवा रोजगारीको सिलसिलामा दुवैमा थिए ।

    इन्जिनियर बन्ने छोराको सपना पुरा गर्न ५ महिनाअघि मात्रै दुवै पुगेका अक्कल शाही तिनै छोराको मृत्युको खबरपश्चात बिहिबार नै स्वदेश फर्किएका छन् । ४ बर्षअघि श्रीमती गुमाएका अक्कल अहिले जेठो छोराको वियोगमा भावविह्वल छन् । उनले छोराका दोषीलाई कडाभन्दा कडा सजायको माग गरेका छन् ।

    घटनापछि मृतक शाहीलाई न्याय दिलाउन माग गर्दै आफन्तहरुले सुर्खेतमा प्रदर्शन समेत गरेका छन् । साथै शुक्रबारका कर्णाली राजमार्ग बन्दको घोषणा गरेका छन्।

    घटनापछि त्यहाँका यातायात व्यवसायीहरुले उल्टै पिडित पक्षलाई थप पिडा पुग्ने गरी धाकधम्की दिन थालेको र दोषीलाई उम्काउन खोजेको भन्दै मृतकका आफन्तले आन्दोलन घोषणा गरेका हुन् । प्रदर्शनको क्रममा सुर्खेतबाट बाहिर जाने सम्पूर्ण यातायातका साधनहरु बन्द गरिने पिडित पक्षले जनाएको छ।

    बिहिबार मात्रै मध्यपश्चिम ट्रक व्यावसायी संघसँग छलफल गर्दा पिडितलाई सान्त्वना दिनुको सट्टा ‘जे सकिन्छ गरे हुन्छ। ३५ दिनमा गाडी चालकलाई निकालिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि आफुहरुलाई झन् पीडा पुगेको मृतकका मामा प्रकाश बमले बताए । ट्रकको ठक्करले घाइते मात्रै भएका भान्जालाई चालकले फेरी टायरले किचेर हत्या गरेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ