• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खानपिन जीवनशैली

    अत्याधिक गर्मीमा पिउनुस् डिटोक्स वाटर, जसले शरीरलाई गर्छ फाइदै फाइदा

    5.5K
    SHARES

    पानीलाई डिटोक्स गरेर पिउँदा थुप्रै फाइदा हुन्छ । यसले शरीरमा लाग्ने धेरै प्रकारका रोगहरुबाट बचाउँछ । यसको सेवन हरेक दिन गर्नेहरुको शरीरमा कहिल्यै पानीको कमी हुँदैन । साथै, तौल कम गर्न पनि यसले सहयोग गर्छ । डिटोक्स वाटरले शरीरभित्र रहेको टक्सिनहरुलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा पाचन प्रक्रिया पनि स्वस्थ रहन्छ ।

    काँक्रोबाट डिटोक्स वाटर बनाउने तरिकाः
    एउटा काँक्रो, आधा लिटर पानी, कालो नुन, सेतो नुन, एउटा कागती र पुदिनाको पातहरु जम्मा गर्ने । सबैभन्दा पहिले काँक्रोलाई साना–साना टुक्रा बनाएर काट्ने र त्यसलाई आधा लिटर पानीमा हाल्ने । स्वादअनुसार कालो नुन, कागती मिसाउने । जसलाई ४ देखि ५ घण्टासम्म फ्रिजमा राख्ने । र त्यसलाई बाहिर निकाल्ने । यसमा पुदिनाको पात हालेर हरेक बिहान खाली पेटमा पिउँदा गर्मीमा निकै फाइदाजनक हुन्छ ।

    स्याउको डिटोक्स वाटर बनाउने तरिकाः
    २ वटा स्याउ, दालचिनीको टुक्रा, आधा लिटर पानी र कागती जम्मा गर्ने । सबैभन्दा पहिले स्याउलाई सानासाना टुक्रा बनाएर काट्ने र काटेको स्याउलाई पानीमा हाल्ने । र त्यसमा दालचिनीको टुक्रा मिसाउने ।

    त्यसमा कागतीको रस हालेर ४ घण्टाजति फ्रिजमा राख्ने र बिहान खाली पेटमा खाने । यसको लगातार सेवन गर्दा विभिन्न रोगहरुबाट बच्न सकिन्छ । यसले मिर्गौलालाई सफा राख्न भने दालचिनीले शरीरमा भएको टक्सिन हटाउन पनि मद्दत गर्छ ।

    यस्तै गर्मीको मौसम सुरु भइसकेको छ । गर्मी लागेसँगै विभिन्न प्रकारका फलफूलहरु बजारमा आउने गर्छन् । फलफूल पोषक तत्वले भरिएको हुन्छ । गर्मीको मौसममा तरबुजा, खरबुजा धेरै मात्रामा खपत हुने गर्छन् । गर्मी मौसमका लागि खरबुजाको सेवन सबैभन्दा फाइदाजनक छ ।

    यसको सेवनले शरीरलाई ताजा महसुस गराउँछ । यसमा क्याल्शियम, आइरन, भिटामिन ए र भिटामिन सीको मात्रा भरपुर मात्रामा पाइन्छ । यसले मिर्गौला, रक्तचाप र आँखाका लागि फाइदा गर्छ । मधुमेहका रोगीका लागि यो निकै फाइदाजनक हुन्छ ।

    खरबुजामा जीआईको मात्रा कम हुन्छ । यसको कारण चिनीको मात्रा नियन्त्रणमा रहन्छ । कब्जियतका रोगीका लागि खरबुजा निकै फाइदाजनक मानिन्छ । किनकी यसमा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले कब्जियतको समस्याबाट छुटकारा दिलाउँछ । यसका साथै, खरबुजामा भिटामिन सी र एन्टिअक्सिडेन्टको स्रोत पनि पाइन्छ ।

    यसले रोग प्रतिरोधी क्षमताको पनि विकास गर्छ । भने, मुटुसम्बन्धी रोगहरुबाट पनि बचाउँछ । साथै, क्यान्सरबाट पनि बचाउँछ । डाक्टरका अनुसार मुत्रथैलीमा हुने संक्रमणबाट पीडित व्यक्तिहरुका लागि खरबुजा निकै फाइदाजनक हुन्छ । यसले शरीरका विषाक्त पदार्थहरु बाहिर निकाल्ने काम गर्छ ।

    यसको सेवनले पेटलाई सफा राख्छ । गर्मीमा खरबुजाको सेवन गर्दा छालामा यसको असर देखिन्छ र छाला मुलायम हुन्छ । यसले गर्मीमा शरीरमा पानीको मात्रा पनि कम हुन दिँदैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ