• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खानपिन जीवनशैली

    धुम्रपानले मस्तिष्क, मुटु र पेटमा पार्ने गम्भीर असरहरू

    4.2K
    SHARES

    धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ । यो क्यान्सरको कारण पनि हो । धुम्रपानले फोक्सोलाई खराब बनाउँछ । साथै, श्वासप्रश्वाससम्बन्धी समस्याहरु पनि पैदा गर्छ । विश्व स्वास्थ्य संगठनका अनुसार धुम्रपानले व्यक्तिको शारीरिक र मानसिक अवस्थालाई कमजोर बनाउँछ ।

    जसले गर्दा अन्य रोगहरुले पनि निम्तो पाउँछन् । धुम्रपान गर्ने व्यक्तिहरुलाई अन्य समस्याहरु पनि हुने गर्छ । भारतको माइउपचार डट कमको रिपोर्टका अनुसार धुम्रपान गर्ने व्यक्तिको फोक्सोमा क्यान्सर हुन्छ । यसको सम्भावना लगभग ९० प्रतिशत रहन्छ । धुम्रपान गर्ने महिलामा पुरुषमा भन्दा बढी क्यान्सर हुने सम्भावना रहन्छ ।

    मस्तिष्कमा असर
    धुम्रपानले शरीरका अन्य अंगहरुभन्दा पनि बढी मस्तिष्कलाई असर पार्छ । धुम्रपानले मस्तिष्कलाई नियन्त्रणमा राख्ने सेन्ट्रल नर्भस सिस्टममा रोकावट ल्याउँछ । तम्बाकु, निकोटिनले दिमागको नसाहरुलाई नोक्सान पार्छ । धेरै चुरोट पिउने व्यक्तिले सोच्ने र सम्झिने क्षमता पनि गुमाउँछ । लामो समयपछि चुरोट छोड्ने व्यक्तिलाई स्ट्रोक, एन्जाइटी, डिप्रेशन जस्ता समस्याहरु देखिन्छ ।

    मुटुको लागि खतरा
    अत्यधिक मात्रामा धुम्रपान गर्ने व्यक्तिमो मुटुमा पनि समस्या देखिन्छ । धुम्रपानका कारण कार्डियोभास्कुलर सिस्टम खराब हुन्छ । निकोटिनले शरीरमा एन्ट्रि ब्लड भेसल्सलाई खुम्च्याइदिन्छ । जसले गर्दा रगत प्रवाहमा समस्या हुन जान्छ । धुम्रपान गर्नेहरुको शरीरमा रगत जम्ने र ब्लड प्रेशर पनि समस्या बनिदिन्छ ।

    पेटका लागि पनि खतरा
    धुम्रपानले पाचन प्रक्रियालाई नोक्सान पार्छ । पेटसम्म यसको असर पर्छ जसले गर्दा कब्जियत हुने, अपच हुने, ग्यास भरिने, भोक नलाग्ने, एसिडिटि हुने र मधुमेहको खतरा पनि उत्तिकै रहन्छ ।

    दाँत
    लामो समयसम्म धुम्रपान गर्ने व्यक्तिहरुको दाँतमा पनि असर पर्छ । धुम्रपान गर्ने व्यक्तिहरुको गिजामा इन्फेक्शन हुने समस्या धेरै रहन्छ । साथै, दाँत कमजोर पनि हुने गर्छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ