• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    शिवगढी बैठकमा विप्लवले के भने ? चुनावमा जाने नजानेबारे के भयो निर्णय ?

    8.9K
    SHARES



    काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निर्वाचनमा नजाने भएको छ । १० दिनदेखि कपिलबस्तुको शिवगढीमा जारी केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले पेश गरेको राजनीतिक दस्तावेजमा ब्यापक छलफलपछि परिमार्जनसहित पारित गरिएको छ ।

    जारी केन्द्रीय समिति बैठकमा ४२ जना भन्दा बढी केन्द्रीय सदस्यले अहिलेकै अवस्थामा पार्टी चुनावमा जान नहुने भन्दै प्रतिबेदन परिमार्जन गर्नुपर्ने धाराणासहित आफ्ना भनाई राखेका थिए ।

    केन्द्रीय समितिको महुमत संख्याले चुनावी कार्यनीति परिमार्जन गरेर पार्टीलाई सुदृढ बनाएर क्रान्तिका लागि अगाडी बढ्नुपर्ने धारणा राखेका थिए भने बाहिर पनि तल्लो कमिटीहरुका नेता-कार्यकर्ताहरुले पार्टीलाई संसदवादी भासमा फस्न दिन नहुने भन्दै व्यापक दवाव सिर्जना गरिरहेका थिए ।

    बैठकमा भएको बहस र तल्ला कमिटीका नेता कार्यकर्ताको सुझावलाई समेत मध्यनजर गर्दै आइतवार विप्लवले पार्टी तत्काल चुनावमा नजाने निर्णय केन्द्रीय समितिलाई सुनाएका छन् । बैठकमा बोल्दै विप्लवले अहिलेलाई निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने, चुनाव चिन्ह लिने वा मोर्चा दर्ता गर्नेजस्ता कुनै पनि काम नगर्ने बताएका छन् । तर स्वतन्त्र रुपमा कोही स्वच्छ छवि भएका व्यक्ति चुनावमा उठेको खण्डमा भने पार्टीले सहयोग गर्ने बताइएको छ ।

    यस्तै विप्लवले जनमतसंग्रहको मागलाई जोडदार उठाउदै राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको सघर्षलाई निरन्तरता दिने धारणा राखेका छन् । ९ दिन अगाडि शुरु भएको १२ औँ पूर्ण बैठकमा विप्लवले पेश गरेको राजनीतिक प्रतिवेदनमा नेताहरुले धारणा राख्ने क्रम सकिएपछि विहिबारदेखी विप्लवले केन्द्रीय सदस्यलाई ‘वान टु वान’ बोलाएर सुझाव समेत लिएका थिए ।

    केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै सुझाव लिने क्रम सकिएपछि आइतावार बिहान सचिवालय सदस्यहरुसँग छलफल गरेर दिउँसो २ बजेपछि स्थगित भएको केन्द्रीय समितीको बैठक पुनः सुचारु गरिएको थियो । आइतवार राजनीतिक प्रतिवेदन पारित गरेर बैठक आजै सक्ने भनिए पनि समय अभावका कारण भोली बिहान पुनः बस्नेगरी स्थगित भएको छ ।

    सन्निकटमा स्थानीय तहको चुनाव आइरहेका बेला बसेको नेकपा बैठकलाई महत्वका साथ हेरिएको छ । नेकपा स्रोतले सञ्चारकेन्द्रलाई जानकारी दिएअनुसार संगठानिक र अन्य केही प्राबिधिक बिषयमा छलफल बाँकी भएका कारण भोली बैठक पुनः बस्ने र दिउँसो २/३ बजे सम्म सकिनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ