• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गीत-सङ्गीत मनोरञ्जन

    स्मृति गौतम र प्रताप दासको ‘अल्लारे माया’ भिडियो सार्बजनिक

    1.7K
    SHARES


    स्मृति गौतम र प्रताप दासको नयाँ गीत ‘अल्लारे माया’ को म्युजिक भिडिओ सार्वजनिक भएको छ। मौलिक काँठे लोक दोहोरी भाकाको यो गीत स्मृति गौतमको युट्युब च्यानलबाट शनिबार सार्वजनिक भएको हो।

    किरण गौतमको लय शब्द, अमोन रानाको निर्देशन र निरेन श्रेष्ठको कोरियोग्राफी रहेको गीतमा सन्जिब ठकुरी र टीका जैसीले अभिनय गरेका छन्। लोकभाकाका गीत गायनमा सक्रिय गायिका स्मृतिले थुप्रै मौलिक काँठे लोक दोहोरी गाइसकेकी छन्।

    उनी संगीतकर्मी संघ बागमती प्रदेशकी वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान चाबहिल समितिकी महिला उपाध्यक्ष हुन्। नेपाल आइडल पहिलो सिजनमा तेस्रो भएका चर्चित गायक दासले पनि धेरै गीत गाइसकेका छन्।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ