• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    गीत-सङ्गीत मनोरञ्जन

    ‘नदेखिन्या घाउ’ सार्वजनिक

    11K
    SHARES



    द भ्वाइस अफ नेपाल सिजन-३ का प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको आवाजमा रहेको पश्चिमेली भाका झल्काउने ‘नदेखिन्या घाउ’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार संगीत भकारी युट्युब च्यानलमार्फत् गीत सार्वजनिक गरिएको हो।

    गीतमा लेखु सहयात्रीको शब्द रहेको छ। करणराज कार्कीको संगीत रहेको गीतलाई देवेश राईले संगीत संयोजन गरेका हुन्। उक्त भिडियोलाई पिटर गुरुङले छायांकन, विष्णुहरि तिमिल्सिनाले सम्पादन र मौसम हिमालीले निर्देशन गरेका हुन्।

    गीतको भिडियोमा सशस्त्र प्रहरीका इन्स्पेक्टर पृथ्वी खनाल र देवेन्द्र बब्लुको अभिनय रहेको छ। साथै, सौरभ तिमिल्सिना, संगीता थापा लगायतलाई भिडियोमा देख्न सकिन्छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ