• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    टिप्स

    १ महिनामै तौल घटाउन चाहनुहुन्छ ? बिहान खाली पेटमा यसरी खानुहोस ज्वानो पानी

    10K
    SHARES



    काठमाडाैं । ज्वानोमा विभिन्न प्रकारका औषधिय गुणहरु पाइन्छन् । आयुर्वेदका अनुसार ज्वानोले मोटोपन घटाउन मद्दत गर्छ । ज्वानो खाँदा पाचनतन्त्र सक्रिय रहने भएकाले यसले कम्मर र पेटको बोसो कम हुन्छ ।

    ज्वानोको सेवनले शरीरका टोक्सिक पदार्थ बाहिर निस्किन्छ । र मेटाबोलिक पनि मजबुत बन्छ । यसले खाना पनि सजिल्यै पचाउन मद्दत गर्छ । ज्वानोको सेवनले शरीरमा सही तरिकाले पोषक तत्व शरीरले लिन्छ । यसका लागि अतिरिक्त क्यालोरी पनि खर्च हुन्छ । यसै कारण शरीरको तौल कम हुन थाल्छ ।

    ज्वानोको सेवन बिहान खाली पेटमा गर्न सकिन्छ । मनतातो पानीसँग ज्वानो खाँदा सजिल्यै यसको बानी पार्न सहज हुन्छ । यसका लागि २५ ग्राम ज्वानोलाई एक गिलास पानीमा पूरै रात भिजाउने र बिहान त्यो पानी पिउने गर्नुपर्छ । लगातार २० दिनसम्म ज्वानो पानी पिउँदा केही दिनमा नै यसको प्रभावकारिता देखिन सुरु हुन्छ ।

    यदि रातभर भिजाएको ज्वानो खान नसक्ने अवस्थामा बिहान खाली पेटमा एक चम्चा ज्वानो उमालेर त्यसमा ४ वा ५ तुलसीको पात हालेर मनतातो पानी पिउन सकिन्छ । हेर्नुहोस यसका फाइदाहरु :

    १- अनावश्यक तौलको नियन्त्रण : १ चम्चा ज्वानोलाई राति १ गिलास पानीमा भिजाएर छोड्ने र विहान उठ्न साथ त्यस पानीलाई छानेर उचित मात्रामा मह मिसाएर खायो भने यसले शरीरको मेटाबोलिजमलाई सुधार गर्दै शरीरको फ्याट समेत घटाउँदछ। यसैगरि यस पानीले अनावश्यक लागेको पेट विस्तारै गट्ने गर्छ।

    २- पाचन प्रणालीको सुधार : यदि कुनैपनि किसिमको पाचन गडबडी छ भने ज्वानोलाई फुक्कै चपाएर खाँदा वा पानीसँग मिलाएर पिउँदा कब्जियत लगायत एसिडीटी समेतलाई ठिक गर्छ।

    ३- महिनावारीको अनियमिततामा सुधार : प्रायः महिलाहरुमा देखिने समस्या हो, महिनावारीको अनियमिततामा । त्यसैले दैनिकरुपमा भिजाएर राखेको ज्वानो पानी पिउँदा यसले महिनावारिलाई समयमै गराई महिनावारीका क्रममा हुने पेट दुख्ने समस्या, ऐंठन हुने समस्या र पिठ्यूँ दुख्ने समस्याबाट राहत दिन्छ।

    ४- हड्डी तथा जोर्नी दुख्ने समस्या : दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले हड्डी दुख्ने तथा जोर्नी दुख्ने समस्याबाट राहत दिन्छ भने ज्वानोलाई बिरे नुन वा कालो नुनसँग खाँदा यसले पेटको किटाणुसमेत मर्ने गर्दछ।

    ५- पिसाबको संक्रमण : दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले पिसाबको संक्रमणलाईसमेत ठिक गर्छ भने यसले शरीरमा रगतको प्रवाह राम्रोसँग हुनेगर्दछ।

    ६- स्तनपानको लागि फाइदाजनक : महिलाहरु गर्भवती भएका बेला पनि ज्वानोले रामवाणको काम गर्दछ। कोही सुत्केरी महिलाको स्तनबाट दुधको उत्पादन राम्रोसँग भएको छैन भने दैनिकरुपमा भिजाएर राखेको ज्वानोको पानी पिउँदा यसले गर्भवती महिलाहरुको दुध उत्पादनलाई बढाउने गर्दछ।

    ७- कोलेस्ट्रोलको नियन्त्रण : गर्भवती भएका महिलाहरुमा धेरै समस्याहरु देखिन्छन्, जस्तै सुगरको समस्या, उच्च रक्तचाप र अनियन्त्रित कोलेस्ट्रोल। त्यसैगरी, यस्तो अवस्थामा दैनिक रुपमा भिजाएर राखेको ज्वानोपानीले यस्ता सबै समस्या निर्मुल हुनुका साथै यसले डेलीभरीमा हुने दुखाइलाई समेत कम गर्दछ।

    ८- शरीरमा सुगर लेबलको नियन्त्रण : नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले शरीरको सुगर लेबललाई नियन्त्रणमा राखी सुगर रोग हुने खतराबाट बचाउँदछ।

    ९. कलेजोलाई फाइदाजनक : नियमितरुपमा भिजाएर राखेको ज्वानोपानीले कलेजो वा लिभरको समस्यालाई पनि निर्मुल गर्दछ। त्यसैगरी, ३ ग्राम ज्वानोलाई आधा ग्राम नुनको साथ खानासँग खाँदासमेत कलेजोलाई फाइदाजनक हुने गर्दछ।

    १०- रुघा खोकी : ज्वानोको सेवनले चिसोजन्य समस्यालाई पनि निर्मुल पार्छ । ज्वानोको रसलाई बिरे नुनसंग मिलाई पिउँदा लाभदायक हुन्छ। त्यसपछि तातोपानी पिउँदा घाँटीका संक्रमणहरु पनि ठिक हुने गर्दछ।

    ११- सामान्य ज्वोरो : दैनिकरुपा भिजाएर राखेको ज्वानोपानीको रसले सामान्य रुघा खोकी तथा ज्वोरो निर्मुल हुनेगर्दछ। त्यसैगरी, ज्वानोलाई पिसेर बनाएको धुलोलाई कपडामा बेरेर सुङ्दा पिनास समेत ठिक हुने गर्दछ।

    १२- टाउको दुख्ने समस्या : यदि कसैलाई टाउको दुख्ने समस्या छ भने ज्वानोलाई पानीमा उमालेर मनतातो बनाएर पिउँदा यस्ता समस्या विस्तारै हराएर जान्छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ