• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    चुडामणिपछि को- को छन् नेकपाको टार्गेटमा ? अब भ्रष्टहरुमाथि पालैपालो जनकारवाही हुने

    31.4K
    SHARES



    बिनिता सिंह, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीले भ्रष्ट र दलालहरुका विरुद्ध राष्ट्रिय सङ्घर्षको घोषणा गरेको छ । देश भ्रष्टाचारकाे दलदलमा परेर ध्वस्त पारिएकाे तथा जनता र राष्ट्रकाे जीवनमाथि खेलवाड गरिएकाे भन्दै नेकपाले अाम जनतालार्इ भ्रष्टाचार विरुद्धकाे अभियानमा साथ दिन अाग्रह पनि गरेकाे छ ।

    भ्रष्ट, दलाल, घुसखोर तथा कमिसनखोरहरुले देशलाई कमजोर पारेको भन्दै त्यस्ता तत्वहरुलाई अब लखेट्ने नेकपाको उद्घोष छ । गत माघ १५ गतेबाट सुरु भएको तीन महिने ‘जनजागरण तथा भण्डाफोर’ अभियानलाई नेकपाले तिब्र रुपमा अगाडि बढाईरहेको छ । जसअन्तर्गत र्बाै रकम भ्रष्टाचार गरेकाे अाराेप लागेका चुडामणी शर्मा पहिलो टार्गेटमा परेका छन् ।

    ‘भ्रष्टाचारी चुडामणी शर्मलाई कारवाही गर, सम्पति राष्ट्रियकरण गर’ भन्दै नेपाल कम्युनिस्ट पार्टीको अगुवाईमा चुडामणी शर्माको घरमा कालोझण्डा गाडिएको छ ।

    आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता तथा स्थानीयले ताेडफाेड र ढुङ्गामुडा गरेका छन् । मंगलबार दिउसाे सयाै कार्यकर्ता र जनतासहित चुडामणीकाे घरमा पुगेका नेकपाकाे टाेलीले शर्माकाे अाक्रमण गरेपछि वरपर रहेका स्थानीयवासी पनि जम्मा भएका थिए ।

    अाक्रमणाबाट शर्माकाे घरका सीसा, झ्याल, ढोकामा ठूलाे क्षति पुगेकाे छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा शर्माकाे घर रहेकाे छ । शर्मालार्इ अख्तियार दुरुपयोग अनुसान्धन अायोगले खोजिरहेकाे छ । तर, उनी अहिलेसम्म सुरक्षाकर्मीहरुकैबीच लुकेर बसेकाे बताइन्छ ।

    यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगलागी गरिएको थियो । उनीहरुले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।

    शर्मापछि को-को छन् नेकपाको टार्गेटमा ?

    शर्मापछि अन्य नाम चलेका भ्रष्टहरु आफै सतर्क भएका छन् । तर नेकपाले भने गत कार्तिकमै ‘भ्रष्ट्राचारीका कमाण्डर’ मानिने केहि व्यक्तिहरुलाई ‘राष्ट्रिय भ्रष्टाचारी’ घोषणा गरिसकेको छ । सोहि अनुरुप नेकपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलेर जनकारवाही गरेको थियो ।

    त्यसपछि पनि सानातिना भ्रष्टहरुमाथि निरन्तर कारवाही जारी राखेको नेकपाले मंगलबार शर्मामाथि कारवाही गरेको हो । भ्रष्टाचारीहरूकाे व्यक्तिगत सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्नुपर्ने नेकपाको माग छ । शर्माजस्तै अन्य भ्रष्टाचारीहरूमाथि पनि नेकपाले कारवाही गर्ने जनाएको छ ।

    नेकपाको जनजागरण तथा भण्डाफोर अभियान भारतले हस्तक्षेप गरेको सीमासम्म पुग्‍ने बताइएको छ । कारवाही सँगसँगै अभियानले पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तारका साथै जनवर्गिय संगठनहरुका भेला सम्मेलन गर्ने नेकपाका नेताहरुले बताएका छन् ।

    २०७४ माघ २३ मा प्रकाशित ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ