• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    किन ४० वर्ष कटेपछि विवाहेत्तर सम्बन्ध राख्न चाहान्छन् महिला ?

    9.8K
    SHARES

    एजेन्सी । भनिन्छ जीवनमा एकपटकमात्रै विवाह गरिन्छ । विवाह गरेपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउन मै बढी जोड दिइन्छ । वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो जुन संसारका हर कोहिका लागि जीवनभरीको साथ हो । जसमा विश्वास र माया भरिएको हुन्छ ।

    तर आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ । विवाहेत्तर सम्बन्धले धेरै वैवाहिक सम्बन्धहरु आक्रान्त भएका छन् । वैदेशिक रोजगारी, पश्चिमा रहनसहन जस्ता विभिन्न कारण श्रीमान–श्रीमती एक अर्काप्रति चासो नदेखाउने, एक अर्काको भावनाको कदर नगर्ने जस्ता समस्याले अन्ततः कतिपयको सम्बन्ध विच्छेद पनि भएको छ ।

    विवाहवेत्तर सम्बन्ध बनाउन पुरुषवादी समाजमा पुरुष नै हाबी भएतापनि एक अध्ययनले महिला पनि विवाहवेत्तर सम्बन्ध राख्न चाहान्छन् भन्ने देखाएको छ । अध्ययनमा उल्लेख भएअनुसार ४० वर्ष कटेका महिलाको ठूलो संख्या विवाहेत्तर सम्बन्धमा रहन्छन् । अध्ययनले बताएअनुसार ४० वर्षपछि अर्को सम्बन्धमा रहनुका विविध कारणहरु छन् ।

    पतिको स्वभावमा आएको परिवर्तन
    विवाहपछि पुरुषको काँधमा जिम्मेवारीको बोझ थपिन्छ । श्रीमती र छोराछोरीको जिम्मेवारी उठाउने क्रममा पुरुषहरु श्रीमतीलाई वेवास्ता गर्न पुग्छन् । र जिम्मेवारी सँगसँगै रोमान्स र समय दुवैमा कमी आउँछ जसको कारण महिला दोसु्रो पुरुषसँग आर्कषित हुन्छन् ।

    सानो उमेरमा विवाह
    सानै उमेरमा वैवाहिक जीवनमा बाँधिएका महिलाहरु विवाहपछि उनीहरु अनेक सामाजिक बन्धनमा रहनुपर्ने बाध्यता हुन्छ । जसका कारण उनीहरु जीवन अर्कै मोडमा आइपुगेको र आफ्नो जीन्दगीमा अमूल्य समय खेर गएको अनुभव गर्छन् । जसको कारण उनीहरु विवाहेत्तर सम्बन्धतर्फ उद्धत हुन्छन् ।

    पुरुषप्रतिको आर्कषण
    महिलाहरु अग्लो कद, हृष्टपुष्ठ शरीर र चम्किलो अनुहार भएको पुरुषसँग छिट्टै आर्कषित हुने भएकाले आफ्नो पार्टनरमा भएको खुबीको वेवास्ता गर्छन् भने दोस्रो पुरुषको सानो सानो कुरामै आर्कषित भइहाल्छन् ।

    यौन असन्तुष्टी
    ४० वर्षपछि महिलाहरुले आफ्ना पार्टनरबाट यौुन सन्तुष्टी नपाउने भएकाले दोस्रो पुरुषतर्फ आर्कषित हुने अध्ययनमा उल्लेख छ ।

    बच्चा जन्मिएपछि
    विवाहपछि आउने अनेक समस्या र परिवर्तन पछि महिलाहरुमा बच्चा भइसकेपछि झनै धेरै परिपक्कता आइसक्छ । तर आफ्ना पतिप्रतिको विश्वास भने कम हुँदै जान्छ ।

    उनीहरु बच्चा भइसकेपछि पतिले आफूलाई वेवास्ता गर्छ भन्ने सोच्छन् र बाहिर साथी बनाउन तिर लाग्छन् । घरायसी समस्या- यदि घरमा सधैँ झगडा, अशान्ती हुन्छ भने महिलाहरु अक्सर बाहिर सम्बन्धको विकल्प रोज्छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ