• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

गीत-सङ्गीत मनोरञ्जन

‘रुमाल’ लिएर आए कमल खनाल

7.1K
SHARES



गायक तथा सर्जक कमल खनालको शब्द र संगीत रहेको ‘रुमाल’ बोलको गीत सार्वजनिक भएको छ । सो गीत गायिका अन्जु पन्त र गायक तथा सर्जक कमल खनालको स्वरमा शुक्रबार सार्बजनिक भएको हो ।

गीतको म्युजिक भिडियोमा अभिनय पल शाह र गरिमा शर्माले गरेका छन् । सो गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी प्रकाश भट्टले गरेका हुन् ।

यो गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ भने स्मृति शाही र पुष्पा बोहराले गीतमा समुह गायन गरी साथ दिएका छन् । प्रिजम डिजिटलमा रेकर्ड गरिएको गीतको अडियोलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने विष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अमर सुनारले असिस्टेन्ट कोरियोग्राफी गरेका छन् । श्याम मल्ल र अनिता ग्वाछाको श्रृंगार रहेको भिडियोलाई साई भिजनले पोस्ट प्रोडक्सन गरेको हो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ