विपी भट्ट । ”नयाँ जनवादी राज्यसत्ता स्थापनार्थ जनयुद्धको बाटोमा अघि बढौं !” भन्ने मुल नाराका साथ २०५२ साल फागुन १ गते तत्कालिन माओवादीद्वारा थालली गरिएको महान तथा ऐतिहासिक र साहाशिक कदम थियो । १० वर्षे महान जनयुद्धले किसानका हकमा- जिन्दगीभर माटोमा पाइला नटेर बिघौंबिघा जमिनको मालिक बनेर किसानमाथि अन्याय गरेको भूमाफियाको जमिन खोसि गरिव किसानलाई बाड्ने, सहकारी खेतिका लागि किसानहारुलाइ कम्यूनमा संगठित गर्ने, ग्रामिण कृषि उत्पादन पद्दतिमा बैज्ञानिकीकरण गर्ने, आत्मनिर्भर अर्थतन्त्रका लागि स्थानिय श्रोत र साधनको सिर्जनात्मक परिचालनमा जोड दिने लगायतका किसानलाई माथि उठाउने लक्ष राखेको थियो।
त्यस्तै समाजिक विभेदका हकमा- माहिलामाथि पैतृक सम्पति लगायात आर्थिक राजनैनितिक र समाजिक जिवनका सबैतिरबाट गरिने सामान्ती पितृसत्तावादी थिचोमिचो, भेदभाव र अन्धविश्वासका विरुद्ध समान अधिकारका निमित्त संघर्ष गर्ने, जातिय भेदभावका विरुद्ध जातिय स्वायत्तताको नारालइ व्यापक रुपमा उठाउंने आदी लक्ष थियो। जनयुद्धको दौरानमा जबसम्म जनसत्ताहरु संचालनमा थए तबसम्म सबैखाले समाजिक विकृति र विभेदहरु एक हदसम्म न्युनिकरण भएकै थिए।
जनसत्ताहरुले साच्चिकै एक विकसित र बैज्ञानिक समाजको उत्कृष्ट मोडेल दिएकै थियो। त्यो महान संघर्षको दौरानमा हजारौंले वलिदान दिए, कैयौं अझै वेपत्ता छन, कैयौं अपाङ्ग भएर दुखःखको जिवन जिउन बाधय छन्। नेपाली जनताले एक स्वर्णिम युगको परिकल्पनासहित अनेकौं दुःख र कष्ट सहेर पार्टी र आन्दोलनलाई सहयोग गरेकै हुन्। जनमुक्ति सेनाहरुले हप्तौं दिसाम्म खाना नखाई युद्ध लडेको बेला जनताले लुकिछिपी डोकोमा खाना पुर्याएर पालेको अद्भुत माया अविस्मरणिय छ।
कैयौं दिनसम्म नाङ्गो पैतालाले हिमपातमा हिडेको व्यथा त्यसैमाथि आफ्नै आँखा अगाडि दुश्मनको गोली लागेर ढलेको साथीको रक्ताम्य शरिर र तिनको चित्कारको काहाली लाग्दो पिडा भित्र पनि स्वर्णिम भविश्यको सपना थियो र समाजलाई एउटा बैज्ञानिक मोडेल दिने अभिष्ट थियो। देशमा कायम बाहय हस्तक्षेपको अन्त्य गर्दै आफ्नै स्वाभिमान कायम रहेको देश बनाउनु र देश बिकासमा बैज्ञानिक प्रणाली अपनाउनु नै थियो । त्यस्कालागि केही राजनितिक सरंचनामा पूर्णतया परिवर्तन गर्नु अत्यावश्यक हुन्छ र त्यहि प्रकृयामा आन्दोलन अघि बढ्यो। लामो समायदेखी नेपाली जनातालाई चुस्दै, जनताका स्वतन्त्रताहरु हनन गर्दै आफ्नो सत्ता जोगाउदैं आएको राजतन्त्र र संसदीय व्यबस्थाको अन्त्त्य अत्यावश्यक थियो र त्यसको सुरुवात जनयुद्धले गर्यो र केहि चरणहरुमा सफल भयो पनि।
‘अधिकार मागेर हैन खोसेर पाइन्छ’ भन्ने विश्वव्यापी मान्यताको सफल कार्यान्वयन थियो महान जनयुद्ध। जनयुद्धले हरेक सहारा बिहिनलाई सहारा प्रदान गर्यो, निमुखाहरुको आवाज बनेर आयो, पिडित, शोशितहरुको पक्षमा लड्दै सामन्त शोशकहरुको काल बनेर अयो। जनयुद्धले हरेक थिचोमिचोमा पारी गुम्सिएर बसेकाहारुलाई स्वस्फुर्त ढगबाट विद्रोह गर्ने चेतना प्रदान गर्यो। हरेक तह र तप्काका व्यक्तिहरुमा राजनितिक चेतना प्रदान गर्यो र राज्यका हरेक संरचनाहरुमा जनसहभागिताको आधार तयार पार्यो। चेतनाका हिसाबले र समाज बिकासका हिसाबले यो नै सबै भन्दा ठुलो देन भयो। एक समान्य जनाताका छोराछोरी सत्तासिन बन्ने कुरो तत्कालिन शासकहरुले सोच्न सम्म त के सुन्न पनि तयार हुदैन थिए तर जनयुद्धले त्यो पुरा गरेर देखायो।
गाउँघरमा जरा गाडेर बसेका सामन्त फटाहहरु प्राण जोगउन सहर, सदरमुकाम पसे र केहि हदसम्म गाउँघर सामान्तको बिगबिगीबाट मुक्त भए। त्यो समय गरिब, निमुखा जनताका लागि सुरक्षित र आशलाग्दो समय थियो र अनेकथरी जालि फाटहाहरुका लागि आगाको भुमरी नै थियो। जब सामन्ती सत्ता संकटमा पर्न थाल्यो तब उसले छट्पटीएर तत्कालिन दलका नेताहरुमाथि हात खुट्टामा नेल लागाई जेल कोच्ने सम्मको निर्मम दमन गर्यो ।
राज्यको उक्त रबैयाबाट डराएर एमाले, काँग्रेसका केहि नेताहरु रोल्पा लागायतका आधार इलाकाहरुमा पुगेर जनमुक्ति सेनाकोपहरमा माओवादीपार्टीसँग जिवन रक्षाको भिख माग्न बाध्य भएको सत्य हो । त्यतिबेला माओवादी पार्टीले संसदीय दलका नेताहरुलाई पुनर्जन्म दियो तर शान्ति समझौतापछिका सहमतिहरु क्रमशः माओवादीका बिरुद्ध मात्रै प्रयोग हुन थाले, माओवादी नेताहरु आफैमा विचलित र सत्तालोभी बन्न पुगे त्यसपछि अकल्पनिय प्रतिक्रान्तिको सुरुवात भयो उक्त क्रम अहिले पनि चलिरहेको छ।
सम्झौतापछि मुख्य नेतृत्वमा अनेकौं विचलन र स्वार्थहरु देखा परे, जसले गर्दा समग्र सहिदका सपना र जनताले दिएका म्यान्डेटहरु भुलेर नेताहरु पुरानै संसदीयसत्ता सामु आत्मसमर्पण गर्न पुगे । यति मात्रै हैन रगतसँग साटिएका हतियारहरु खोसेर जनमुक्ति सेनालाई समेत आत्मसमर्पण गर्न लागाएर रुदै घर पठाइयो। त्यो दिन इतिहासकै कालो दिन थियो भन्ने प्रमाणित भइसकेको छ। जनयुद्धको बेला ७० प्रतिशत भुभागहरुमा सफल कार्यान्वयनमा रहेका जनसत्ताहरु समेत बिघटन गरि सिंगो आन्दोलनलाई नै तुहाउने काम भयो ।
अन्ततः घुमिफिरी सत्ताले पुरानै चरित्र ग्रहण गर्यो र युवाका समस्या, महिलाका उत्पिडन, दलित बिभेद, भुमिहिन सुकुम्वासीहरुका समस्याहरु लत्याएर सिंगो आन्दोलनलाई नै बिसर्जन गर्दै जनयुद्धका वाहक भनिने नेताहरु दलाल संसदीय सत्ताका मतियार हुन पुगे, वर्गमाथि ठुलो अन्याय गरे। अहिले देशमा युवाहरुको स्थिति हेर्ने हो भने सबै भन्दा पिडादायी छ। शिक्षित युवाहरुको सपना नै खाडी राष्ट्र भएका छन्। हजारौं सुन्दर सपनाहरु बोकेर गाउँघरमा महँगो ब्याजमा ऋण निकालेर बिदेश पसेको युवा केही महिनामै काठको बाकसमा फर्किनुपर्ने कहालीलाग्दो पिडा हाम्रा सामु छ। युवाले देशमै केहि काम गर्न सक्ने वातावरण दिऔं, रोजगारको सिर्जना गरौं, भन्ने कुरा अहिलेका शसकहरुको दिमागमा कहिलै घुसेको देखिएन । उल्टै नयाँ-नयाँ देशसँग श्रम सम्झौता गर्नमा हर्ष मानाउने दुखद स्थिति सिर्जना भएको छ।
सरकार युवाहरुको व्यापार गर्दै रेमिट्यान्समा दलाली गर्नमै उद्दत छ। कालो बाजारी, महँगी थेगीनसक्नु भएको छ। सामान्य आयश्रोतको मान्छेले परिवार धान्नै नसक्ने स्थिति पैदा भएको छ। बिचौलियाहरु दिनानुदिन मौलाउदै गएका छन् । राज्य संयन्त्रबाट कुनै नियन्त्रणको प्रयास देखिदैन्। विदेशी हस्तक्षेपको कुरा गर्ने हो भने समान्य पार्टीका विवाददेखि लिएर सत्ता समिकरणमा समेत बैदेशिक सेटिङ्ग देखिन्छ। अर्थतन्त्रमा ठुलो भूमिका खेल्ने राष्ट्रका विभिन्न गौरवका योजनाहरु विदेशीलाई सुम्पिने चलखेल निरन्तर चलेकै छन्। देशका प्राकृतिक श्रोतसाधनहरुमाथि बढ्दो वैदेशिक हस्तक्षेप छ। राष्ट्रिय स्वाभिमानका मुद्दाहरुमा कही कतै राज्य संवेदनशिल छैन, देश कसैले जिम्मा नलिने चौरमा छोडेको चौपाया जस्तो भइसकेको छ।
विश्व कोरोना महामारीको वेला राज्यको सही निती नहुदा जनताले पाउनुसम्म दुख पाएर कयौ नागरिकले भोक प्यासमै ज्यान गुमाउने स्थिति पनि बन्यो। किसानले आफ्नो उत्पादनको मुल्य माग्न जाँदा ज्यानकै आहुती दिनुपर्ने स्थिति दलाल सत्ता र तिनका मतियारहरुलेसृजना गरे। यी सबै खालका कमजोरीमा लाज पचाएरै भएपनि केहि थान मान्छेहरु स्वार्थ र शक्तिको नाङ्गो नाच प्रदर्शन गरिरहेका छन्। न्युनतम नैतिकता समेत गुमाएका नकचरा साशकहरुका आवाञ्छनिय गतिविधिहरु देशका लागि घातक छन्। मुखले भ्रष्टाचारको नाटकीय बिरोध गर्नेहरुले हप्तैपिच्छे हुने गरेका सभा, जुलुसहरु र ठुल्ठुला होटेलका भेलाहरुका खर्चको श्रोत देखाउन सक्ने स्थिति छैन्।
सरकारका मन्त्रीहरु नै स्वार्थको लडाईका निमित्त घोषणा गरिएको कथित निर्वाचनका लागि भनेर चन्दा आतंकमा लागेका देखिन्छ। यिनीहरुको दिमागमा देश बनाउने कुरो कही कतै भेटिदैन, बरु कसरी सत्तामा पुग्ने र राज्यको चरम दुरुपयोग गरी अकुत सम्पत्ती कमाउने भन्ने कुरामा मात्रै ध्यान देखिन्छ । अब आउने चुनावी प्रक्रियामा कुनै इमान्दार देशभक्तले टिकट पाउने स्थिति छैन्। अबको चुनावमा जसले ठुलो धनराषि खर्च गर्न सक्यो र नेतालाइ प्रफुल्ल पार्न सक्यो उसैले टिकेट पाउने र चुनाव जित्ने स्तिति छ। यहाँ राजनितिलाइ देश र जनताको सेवा गर्ने पेसाको रुपमा नलिएर अकुत ससम्पत्ती आर्जन गर्ने भाडो बानाइएको छ।
हिजोका दिनमा चप्पल पड्काउदै सहर छिरेका र कुनै व्यबसाय नभएकाहरु आज एकाएक पाँचतारे होटेल बाहेक अन्त नबस्ने, पजेरो बाहेक अरुमा सवार नहुने नभएका छन्। के तिनिहरुसँग हिसाबकिताब देखाउने हिम्मत छ, कदापी छैन किनकि ति सबै दलाल फटाहहरु हुन र तिनले राज्यको सम्पत्ती राज्यको दोहोन गरेर अकुत धन आर्जन गरेका हुन् । यस्ता स्वार्थी, पाखण्डी दलाल चरित्रका मान्छेहरु शासक बनिरहँदासम्म निरन्तर देशले दुःख पाइरहने कुरा निश्चित छ। यो कुनै व्यक्ति बिसेषको समस्यासँग जोडिएको विषय नभएर सिंगो व्यवस्थाकै कमजोरी भएकाले व्यबस्था बृहत उथलपुथल बिना समाधान देखिदैन। समस्या समाधानमा कि त व्यक्ति स्वस्फुर्त परिवर्तन हुन चाहने, स्विकार्ने र त्यसका लागि हुने हुनुपर्छ।
यदी यसो हुन सकेन भने नियम कानुनको लगामबाट व्यक्ति हुँदै सिंगो समाजलाई सही बाटोमा ल्याउनुपर्ने हुन्छ। यहाँ सबै सरंचनाहरु मक्किसकेका छन्, भ्रष्टाचार र दलालिकरणमा लिप्त भइसकेका छन त्यसैले ठुलै मुख्य अपरेसन बिना सुधार हुन नसक्ने स्थिति बनिसकेको छ।सबै जना सच्चा देशभक्त युवाहरुले उच्चतम विवेकको प्रयोग गर्दै राष्ट्र निर्माणको यात्रामा निस्वार्थ हिसाबले जुट्नु अत्यावश्यक छ्।
यो या त्यो बहानामा युवा पुस्तामा विभाजन आउनु देशका लागि सर्वाधिक दुर्भाग्यको घडी हो। तसर्थ अहिलेका बिभिन्न गुट उपगुटमा बिभाजित दलाल प्रतिक्रियावादी झुण्डरुको पिछलग्गु भएर केहि दिनको रमाइकोको पछि लागेर आफ्नो बिबेक गुमाउनु गलत हुन जान्छ। यदी साच्चिकै देश बनाउने नै हो भने अहिलेका सत्तासिन र सत्ता बाहिरका सत्ता लम्पट समूहहरुलाई लखेट्नैपर्छ र विरताको इतिहास फेरि दोहोर्याउनैपर्छ। अन्तमा सबै जना आ-आफ्नो ठाउँमा जुटौं, डटौ र आवश्यक परे जस्तोसुकै मुल्य चुकाउन पनि तयार रहौं, जित सदैव न्याय र जनताकै हुने गर्छ।
प्रतिक्रिया