• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    मन्त्रिपरिषद् विस्तारको तयारी, आज ४ मन्त्री थपिने

    2K
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छिन्। बालुवाटार स्रोतका अनुसार उनले सरकारको कार्यदक्षता र प्रभावकारिता बढाउने उद्देश्यले चार नयाँ मन्त्री समावेश गर्न लागेकी हुन्।

    स्रोतका अनुसार, नयाँ मन्त्रीहरूमा खगेन्द्र सुनार (श्रम तथा रोजगार), गणपतिलाल श्रेष्ठ (पर्यटन), बब्लु गुप्ता (युवा तथा खेलकुद) र सुधा गौतम (स्वास्थ्य तथा जनसङ्ख्या) रहेका छन्। यी चारै जनालाई आजै शपथ खुवाइने तयारी गरिएको छ।

    प्रधानमन्त्री कार्कीले मन्त्रालयहरूमा देखिएका रिक्तता र कार्यगत सुस्ततालाई अन्त्य गर्न नयाँ टिम विस्तार गर्न लागेको बताइएको छ। उनका निकट सहयोगीका अनुसार, मन्त्रिपरिषद् विस्तारपछि सरकारको ध्यान विकास परियोजनाको गति तीव्र पार्ने, बेरोजगारी न्यूनीकरण गर्ने र स्वास्थ्य सेवा सुधारतर्फ केन्द्रित हुने बताइएको छ।

    मन्त्रिपरिषद् विस्तारसँगै सरकारभित्र शक्ति सन्तुलनमा पनि केही परिवर्तन हुने अनुमान गरिएको छ। आजै साँझसम्म नयाँ मन्त्रीहरूले राष्ट्रपति निवास शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ