• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    चौतर्फी आलोचनापछि मन्त्री बन्ने सूचीबाट खगेन्द्र सुनारको नाम हटाइयो

    695
    SHARES



    काठमाडौं । चौतर्फी आलोचना र विवादका कारण श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा सिफारिस गरिएका खगेन्द्र सुनारको नाम अन्ततः मन्त्री बन्ने सूचीबाट हटाइएको छ।

    प्रधानमन्त्री सुशीला कार्कीले प्रारम्भिक रूपमा सुनारसहित अन्य तीन जनालाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन्। तर, विभिन्न अभियोगमा उनीविरुद्ध मुद्दा दर्ता भएको र प्रहरीको फरार सूचीमा नाम रहेको खुलासा भएपछि उनलाई तत्काल मन्त्री नबनाउने निर्णय गरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो।

    आज दिउँसो साढे २ बजे शपथ कार्यक्रम तय गरिएको छ। स्रोतका अनुसार, विवादित छवि भएका व्यक्तिलाई मन्त्री नियुक्त गर्दा उत्पन्न हुनसक्ने सम्भावित समस्या र जनआक्रोशका कारण प्रधानमन्त्रीले निर्णय परिवर्तन गरेकी हुन्।सुनारमाथि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो।

    यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठको पनि आज शपथ नहुने भएको छ। यद्यपि, उनको शपथ स्थगित हुने कारण सार्वजनिक गरिएको छैन। उता, डा. सुधा शर्मा गौतम र बब्लु गुप्ताले भने आजै शपथ लिँदैछन्। गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ