• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    जेनजी रेडफोर्स गठनको घोषणा : ‘भ्रष्टाचारमा दोषी ठहरिए प्रचण्डलाई पनि जेल हालियोस्’: संयोजक तिमिल्सिना

    625
    SHARES



    काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवाहरूले औपचारिक रूपमा जेनजी रेडफोर्स गठन भएको घोषणा गरेका छन्। आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले हालसम्म देशभरका ६५ जिल्ला र सातै प्रदेशमा संगठन विस्तार भइसकेको जानकारी दिएका हुन्।

    कार्यक्रममा जेनजी रेडफोर्सकी संयोजक स्मृति तिमिल्सिनाले रेडफोर्सको मुख्य एजेन्डा प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचार विरुद्धको अभियान र २००७ सालदेखि अहिलेसम्म सत्तामा पुगेका सबै नेताहरूको सम्पत्ति छानबिन रहेको बताइन्।

    उनका अनुसार, भ्रष्टाचारविरुद्धको अभियान माओवादी केन्द्रभित्रैबाट सुरु गर्नुपर्छ। तिमिल्सिनाले भनिन्, “माओवादी केन्द्रमा भ्रष्टाचार छैन भन्दिनँ, छ। त्यसलाई यो सरकारले छानबिन गरोस्। दोषी देखिएमा हाम्रो सुप्रिम कमान्डरलाई समेत जेल हाल्न सकियोस्। रेडफोर्स कुनै पनि भ्रष्टाचार सहँदैन।”

    तिमिल्सिनाले उद्योग र उत्पादनलाई प्रोत्साहन गर्दै रोजगारी सिर्जना गर्नु पनि रेडफोर्सको प्रमुख लक्ष्य भएको बताइन्। कांग्रेस र एमालेले क्रान्तिकारी र परिवर्तनकारी शक्तिलाई “आतंककारी” भनी आरोप लगाउने पुरानो बानी अझै नछोडेको आरोप लगाउँदै उनले भनिन्,

    “केही समयपछि उनीहरूले जेनजीलाई पनि आतंककारी घोषित गर्ने खतरा देखिन्छ।” संयोजक तिमिल्सिनाले रेडफोर्स माओवादी केन्द्र मात्रको नभई नेपालभरका वामपन्थी र कम्युनिस्ट विचारधारा मन पराउने सबै युवाको साझा संगठन भएको स्पष्ट पारिन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ