• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन

    843
    SHARES



    काठमाडौँ। गणपतिलाल श्रेष्ठको मन्त्रालय परिवर्तन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रपति कार्यालयमा मन्त्री बन्नेहरूको नामावली पठाउँदा उनको मन्त्रालयमा फेरबदल भएको हो।

    श्रेष्ठलाई प्रारम्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको थियो। तर, राष्ट्रपति कार्यालयमा पठाइएका नामावली अनुसार उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्री बनाइने भएको छ। यो जानकारी राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले दिए।

    त्यसैगरी डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री, खगेन्द्र सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्री बनाइने भएको छ। सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषदमा थपिन लागेका चार मन्त्रीको शपथ आइतबार दिउँसो साढे २ बजे हुनेछ। यसअघि भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी अनिलकुमार सिन्हाले सम्हाल्दै आएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ