काठमाडौं । असोज अन्तिम साता आएर यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । मनसुन बुधबारदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यही असोज १७ गतेदेखि मनसुन बाहिरिन सुरु भएको मनसुन विगतको तुलनामा १२ दिन ढिलोगरी आजदेखि पूर्ण रूपमा बाहिरिएको हो ।
मनसुन बाहिरिए पनि स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव भने कायम रहेको महाशाखाले बताएको छ । जसकारण हल्काफूलका वर्षा भने भइ नै रहनेछ ।
प्रतिक्रिया