• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

    206
    SHARES



    काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस.जयशंकरबिच भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन भारत गएका गृहमन्त्री गुरुङ र विदेशमन्त्री जयशंकरबिच बुधबार भेटवार्ता भएको हो ।

    भेटमा नेपाल–भारत बिचको द्विपक्षीय सम्बन्ध र हालै नेपालमा आएको बाढी लगायतको विषयमा कुराकानी भएको बताइएको छ ।

    गृहमन्त्री गुरुङ नेपाल फर्किन लागेका बेला दुई नेता बिचमा छोटो भेटघाट भएको बताइएको छ । विदेशमन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘नेपालका गृहमन्त्री सुधन गुरुङलाई भेटेर खुसी लाग्यो ।’

    बिमस्टेकको बैठकमा सहभागी हुन गृहमन्त्री गुरुङ सोमबार भारत पुगेका थिए । बैठक हिजो सम्पन्न भएको छ । गृहमन्त्री गुरुङले हिजो भारतका गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए । गृहमन्त्री गुरुङ आज स्वदेश फर्किदैँछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ