• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेस महाधिवेशन : सिलबिनाको मतपेटिका भेटिएपछि पदाधिकारीहरुको मतगणना प्रभावित

    130
    SHARES



    काठमाडौँ । कांग्रेस १५ औँ महाधिवेशन अन्तर्गत पदाधिकारीहरुको मतगणना प्रभावित भएको छ ।

    शनिबार ढिला गरी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको मतगणना मतपेटिकाको विवादसँगै प्रभावित भएको हो ।

    आज पहिलो चरणमा उपसभापति र महामन्त्रीको मतगणना गर्ने तयारी गरिएको थियो । तर, मतगणना अगाडि बढाउने बित्तिकै सिल नगरिएको मतपेटिका भेटिएपछि विवाद सुरु भएको थियो ।

    ‘मधेस प्रदेशको सिल नगरेको बाकस भेटियो । त्यसमा मुचुल्का नगरेको पाइयो । त्यसमा विवाद भएपछि मतगणना अहिले प्रभावित बनेको छ ।’ एक नेताले भने ।

    सभापतिको मतगणना यसअघि सकिएको छ भने वरिष्ठ उपभसभापति निर्विरोध निर्वाचित भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ