• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रविविरुद्ध अभियोजन गर्ने चितवनका सरकारी वकिलको सरुवा, छानबिन गर्न समिति गठन

    23
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अभियोजन गर्ने जिल्ला न्यायाधिवक्तालाई सरुवा गरिएको छ ।

    जिल्ला सरकारी वकिल कार्यालय चितवनका जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेललाई सरुवा गरिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले बताए ।

    साहारा बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न लामिछाने विरुद्ध ‘संगठित अपराध’ हटाएर ठगी सम्बन्धी कसुरमा मात्रै मागदावी लिएको आरोपमा उनी तानिएका हुन् । प्रवक्ता दाहालले आवश्यकता अनुसार सरुवा गरिएको बताए । उनले भने, ‘सरुवा गर्ने अधिकार महान्यायाधिवक्ताको कार्यालयको हो ।’

    अभियोजनमा त्रुटी गरेको आरोपमा लुइँटेल विरुद्ध छानबिन सुरु गरिएको छ । नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरिएको प्रवक्ता दाहालले बताए । उनले भने, ‘छानबिनको तथ्य अनुसार थप प्रक्रिया अघि बढ्छ ।’

    चितवनमा उच्च सरकारी वकिलको कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई पठाइएको छ । सामान्यतया दुई वर्षमा सरुवा गर्ने गरिएको भए पनि लुइँटेल डेढ वर्षमा तानिएका हुन् । उनी अघिल्लो वर्ष कार्तिक २० मा चितवनमा हाजिर भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ