• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    स्पेनको बाढीग्रस्त क्षेत्रमा राजारानी र प्रधानमन्त्रीको विरोध, स्थानीयले हाने हिलो

    363
    SHARES



    काठमाडौं । स्पेनको भ्यालेन्सियामा आएको भिषण बाढीबाट मृत्यु हुनेको संख्या २०० नाघिसकेको छ । अहिले बाढीटग्रस्त क्षेत्रमा जनस्तरबाट पनि राहत र उद्धार अभियान चलिरहेको छ ।

    बाढीग्रस्त क्षेत्रको भ्रमणका क्रममा स्पेनका राजा फिलिप र रानी लेटिजियाको त्यहाँका जनताले विरोध गरेका छन् । जनताले राजा फिलिपलाई हिलोले हानेका थिए ।

    जनताको विरोधपछि राजा फिलिप र रानी लेटिजियाले आफ्ना सबै भ्रमण स्थगित गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार भ्यालेन्सियाको भ्रमणपछि राजा फिलिप र रानी लेटिजिया पश्चिममा रहेको चिभाको भ्रमण गर्ने कार्यक्रम थियो ।

    यसअघि भ्यालेन्सियामा भएको प्रदर्शनपछि प्रहरीले चिभाको भ्रमणका क्रममा सडक अवरुद्ध गरेको थियो ।

    भ्यालेन्सियामा राजा फिलिपविरुद्ध जनताको विरोधपछि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई पनि भ्यालेन्सियाको पिपोर्टाबाट सकुशल निकालिएको थियो ।

    स्पेनिस च्यानल ला सेक्स्टाका अनुसार नागरिकहरूले प्रधानमन्त्रीलाई ‘विरोध र आक्रमण’ गरेका थिए । केहीले उनलाई माटो र अन्य वस्तुहरूले हानेका थिए ।

    यसैबीच मौसम पूर्वानुमान महाशाखाले त्यस क्षेत्रमा फेरि ठूलो वर्षा हुने चेतावनी जारी गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ