• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

अविश्वास प्रस्तावबाट जोगिए क्यानडेली प्रधानमन्त्री

1.3K
SHARES



ओट्टावा । क्यानडाका प्रधानमन्त्री जष्टिन ट्रुडो दोस्रो अविश्वास प्रस्ताव पनि छल्न सफल भएका छन् । संसदमा प्रतिपक्षी दलहरुले केही हप्ताको बीचमा उनीमाथि दोस्रो अविश्वासको प्रस्ताव पेस गरेका थिए ।

क्यानडा कञ्जर्भेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेले अन्य राजनीतिक दलबाट समर्थन जुटाउन नसकेपछि प्रस्ताव असफल भएको हो । केही अघि पनि उनले पेस गरेको प्रस्तावलाई संसदले अस्वीकृत गरिदिएको थियो ।

प्रस्तावमा सरकारमाथि क्यानडेलीहरूलाई सर्वसुलभ बास उपलब्ध गराउन नसकेको जीवनयापन खर्च चर्किएको र अपराध बढेको आरोप लगाइएको थियो । ३३८ जना सांसद भएको संसदबाट प्रस्तावको पक्षमा बहुमत चाहिएको थियो । तर अविश्वास प्रस्तावको पक्षमा १२१ र विपक्षमा २०७ मात्रै मत खस्यो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ