काठमाडौँ । विशेष अदालबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मा ढकाल बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालत पुगेका छन् । विशेष अदालतको फैसला उल्ट्याउनु पर्ने मागसहित उनले सर्वोच्चमा पुनरावेदन दिएका हुन् ।
उनले आफू बिरामी रहेको र ४ वर्षदेखि थुनामै रहेको भन्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका एक अधिकारीले बताएका छन् ।
विशेष अदालतले शर्मालाई कर फर्स्यौट आयोगमा रहँदा राज्यको सम्पत्ति दुरुपयोग गरी कर छुट दिएको भन्दै २०८० असारमा उनलाई ९ वर्ष कैद र ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँको जरिवाना सुनाएको थियो ।
प्रतिक्रिया