• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    विमान कम्पनी बोइङमा नयाँ सीईओ नियुक्त

    1.2K
    SHARES



    काठमाडाैँ । अमेरिकी यात्रुबाहक विमान निर्माण  कम्पनी बोइङले  नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । बोइङले एयरोस्पेश कम्पनी रकवेल कोलिन्सका पूर्व सीईओ रोबर्ट ‘केली’ ओर्टबर्गलाई नयाँ सीईओ नियुक्त गरेको हो ।

    गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको दोस्रो त्रैमासमा कम्पनीलाई तेब्बरभन्दा बढी घाटा भएकै समयमा ओर्टबर्गले कम्पनीको नेतृत्व सम्हाल्न लागेका हुन् । कम्पनीले बनाएको विमानको गुणस्तरबारे प्रश्न उठिरहेको अनि कम्पनीका विमानको सुरक्षा जाँच बढेकै समयमा सीईओको कुर्सी उनका लागि निकै चुनौतीपूर्ण हुनेछ ।

    ओर्टबर्गले सेवा निवृत्त हुन लागेको वर्तमान सीईओ डेभ कलहाउनलाई विस्थापित गर्नेछन् । ओर्टबर्गले अगष्ट ८ देखि सीईओको कार्यभार सम्हाल्ने बताइएको छ ।

    कम्पनीमा पछिल्लो समय देखिएका यावत् समस्याका लागि कलहाउनको व्यापक आलोचना भइरहेको छ । कम्पनीमा आबद्ध हुन पाउँदा आफूले अति नै सम्मानित महसुस गरेको ओर्टबर्गले बताएका छन् ।

    कम्पनीमा गर्नुपर्ने धेरै कुराहरू भएको पनि उनले बताएका छन् । इन्जिनियरिङको गुणस्तरमा जोड दिनुको सट्टामा अर्थमा जोड दिएको भन्दै उनले बोइङको व्यवस्थापन समितिको आलोचना गरेका छन् ।

    सन् २०१३ मा उनी कम्पनीको सीईओ बनेका थिए । सन् २०२१ मा ओर्टबर्ग कम्पनीबाट सेवा निवृत्त भएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ