काठमाडाैं । भारतको उत्तर प्रदेश राज्यमा रेल दूघर्टना भएको छ । राज्यको गोन्डामा बिहीबार दिउँसो साढे २ बजेतिर सो घटना भएको हो ।
गोरखपुर हुँदै चन्दीगढबाट असम गइरहेको डिब्रुुगढ एक्सप्रेसको ६ ओटा ठिब्ब लिकबाट झरेको थियो । यस घटनामा ४ जनाको मृत्यु भएको छ ।
अन्य २० जना घाइते भएको बताइएको छ । घटना गोरखपुर रेल खन्डको मोतीगञ्ज सीमामा भएको हो । दुघर्टनाका कारण यो रुट भएर गुड्ने ११ वटा रेल डाइभर्ट गरिएको छ भने दुई ओटा रद्द गरिएको छ । रेलभित्र फसेका यात्रीहरूलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जनएकाे छ ।
प्रतिक्रिया