• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    अर्थमन्त्री पौडेल भन्छन्-आन्तरिक र बाह्य समस्या समाधान गर्न स्थिर सरकार बनेको हो

    1.6K
    SHARES



    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आम नागरिकको निराशालाई चिर्दै अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका छन् ।

    बिहीबार सिंहदरबारमा नेपाल उद्योग परिसंघसंगको छलफलका क्रममा पौडेलले निराशा चिर्दै आशा जगाउने उपायको खोजी गर्दै सरकार अर्थतन्त्र सुधारको बाटोमा अघि बढ्ने बताएका हुन् । निजी क्षेत्रको मनोबल खस्किए मुलुकको अर्थतन्त्र नै धाराशयी बन्ने भएकाले यसतर्फ मन्त्रालयले विशेष ध्यान दिने उनले बताए ।

    उनले अर्थतन्त्रमा देखिएको समस्याको चाङ प्रति आफू गम्भीर रहेकाले निजी क्षेत्रलाई पनिसँगै लिएर अघि बढ्ने उल्लेख गरे । आन्तरिक र बाह्य कारण देखिएको समस्यालाई समाधान गर्नका लागि स्थिर सरकार बनेको उनको भनाइ छ ।

    सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र फोटा टास्नका लागि मात्रै सरकार गठन नभएको भन्दै उनले समस्या समाधानका लागि नै सरकारको सम्पूर्ण ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

    सो क्रममा नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले अहिलेको अवस्थामा निजी क्षेत्रले भोग्नुपरेको समस्याका बारेमा अर्थमन्त्रीलाई अवगत गराएका थिए ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ