• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    गाजाको विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु

    1.7K
    SHARES



    काठमाडौँ । गाजाको एक विद्यालयमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । नुसरत शरणार्थी शिविरमा रहेको हजारौं शरणार्थीहरू बस्दै आएकाे भवनमा आक्रमण भएपछि १६ जनाकाे ज्यान गएकाे हाे ।

    इजरायली सेनाले अल-जाउनी स्कूल क्षेत्रको भवनबाट सञ्चालन गरिरहेका ‘आतंकवादीहरू’माथि आक्रमण गरेको बताएको छ ।

    यसैबीच शिविरको एक घरमा सेनाले आक्रमण गरेको खबर पनि आएको छ । जसमा दश जनाको मृत्यु भएको छ । नुसरत क्याम्पको विद्यालयमा हमलापछि सार्वजनिक भएको भिडियोमा बालबालिका र वयस्कहरू धुवाँले भरिएको सडकमा चिच्याउदै दौडिरहेको देखिन्छ । सडक पूरै धुलो र फोहोरले भरिएको थियो ।

    बीबीसीका अनुसार आक्रमणमा विद्यालयको माथिल्लो तलालाई निशाना बनाइएको थियो। यो विद्यालय बजार नजिकै रहेको छ । यो भवनलाई सात हजार मानिसले आश्रय गृहको रूपमा प्रयोग गरिरहेको बीबीसीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया