• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्ने कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष

    1.1K
    SHARES



    काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने निष्कर्ष निकालेको छ ।

    सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने अडानमा रहने निष्कर्ष निकालेको हो ।

    ‘सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न संसदीय छानबिन समिति गठन हाम्रो पहिलेदेखिकै बटमलाइन हो, यसैलाई कायम राख्ने निष्कर्ष छ,’ बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने, ‘यस प्रकरणमा संसदीय छानबिन समिति बनाउनैपर्छ ।’

    संसदीय दलका नेतासमेत रहेका सभापति देउवाले यसबारे थप छलफलका लागि संसदीय दलको बैठक पनि डाकेका छन् । प्रवक्ता महतका अनुसार मंगलबार बिहान नयाँ बानेश्वरस्थित ल्होत्से हलमा संसदीय दलको बैठक बस्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ