• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मधेश मुख्य समाचार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार, एमालेले पायो ४ मन्त्री र १ राज्यमन्त्री

3.2K
SHARES



काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा एमालेलाई सरकारमा समावेश गराउँदै मुख्यमन्त्री यादवले शनिवार मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

मुख्यमन्त्री यादवले एमालेबाट ३ मन्त्री र १ राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

एमालेबाट मधेस प्रदेश सरकारमा गृह सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारीमा राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा शत्रुघन सिंह र शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी प्रमोद कुमार जयसवाल पाएका छन् ।

पर्सा क्षेत्र नम्बर ३ बाट स्वतन्त्र जितेका प्रदेश सांसद जयसवाल आजै एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेपछि एमाले कोटामा उनी मन्त्रीको शपथग्रहण लिएका हुन् । यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्रीमा केशव रायले शपथ लिएको मधेस प्रदेश सरकार सचिवालयको जनाएको छ ।

नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुख सुमित्रा भण्डारीले खुवाएकी थिइन् भने राज्य मन्त्री रायलाई मुख्यमन्त्री यादवले शपथ खुवाएका थिए । यही ५ चैतमा एमालेबाट संसदीय दलका नेता सरोज यादव भौतिक मन्त्रीमा शपथ खाँदै सरकारमा प्रवेश गरेका थिए । उनीसँगै मधेस प्रदेश सरकारमा एमालेबाट ४ जना मन्त्री बनेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ