• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    मधेश राजनीति

    मधेशमा मन्त्रिपरिषद् विस्तार हुँदै, ६ मन्त्रीले सपथ लिने

    866
    SHARES



    जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

    आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।

    स्रोतका अनुसार मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेबारे दिइने भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ