जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाली कम्युनिष्ट पार्टी लगायतलाईसमेटेर मन्त्री परिषद् विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । आजै ती दलहरूबाट मन्त्री नियुक्त गरेर सपथ खुवाउने मुख्यमन्त्री कार्यालयको तयारी छ ।
स्रोतका अनुसार मनिष कुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालय, राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालय, श्याम प्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेबारे दिइने भएको छ ।
प्रतिक्रिया