काठमाडौँ । राप्रपा नेपालको प्रदर्शनको क्रममा सुन्धारा क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई एक लाइनमा बस्न आग्रह गर्दा नमानेपछि धकेलाधकेल हुँदा अवस्था तनावग्रस्त बनेको हो । अहिले भने अवस्था सामान्य भइसकेको छ ।
भ्रष्ट व्यवस्थाको अन्त्य, हिन्दु राष्ट्र र राजसंस्था पुनः स्थापना, प्रदेशस्तरीय संरचना खारेज, राष्ट्रघाती र भ्रष्टाचारीलाई कानुनको कठघरामा उभ्याउन मागसहित पार्टीले प्रदर्शन गरेको हो । आन्दोलनमा अध्यक्ष कमल थापासहित पार्टीका शीर्ष नेताहरू सहभागी छन् ।
प्रतिक्रिया