• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized प्रवास समाचार

    जापानमा यसबर्ष पनि नेपाली फेस्टिभल हुने

    888
    SHARES



    रामचन्द्र राइ, जापान  । एनआरएनए जापान तथा अन्य बिभीन्न संघ संस्थाहरुको सहयोगमा फुकुओका क्युसु क्षेत्रले यस बर्ष पनि नेपाली फेस्टिभल आयोजना गर्ने भएको छ ।

    आउँदो अप्रिल ६ तारीख फुकुओको सहरमा हुने उक्त फेस्टिभललाई यस बर्ष नेपाली तथा बिदेशी गरी करिब पाँच हजारले अबोलकन गर्ने अनुमान गरीएको यहाँस्थित एक छलफल कार्यक्रममा जानकारी दिइएको छ ।

    एनआरएन जापानका सचिब अर्जुन बगालेले कार्यक्रम  लागी चालिस लाख हाराहारीमा खर्च अनुमान गरेको बताए । ‘यो नेपाली कला, संस्कृति;लाई चिनाउने पर्ब हो । यस्तो मेला र महोत्सवले नेपाली पर्यटन क्षत्रलाइ महत्वपुर्ण टेवा पुर्याउने हाम्रो बिश्वास छ’, उनले भने’।

    यसैगरी क्युसु क्षेत्रिय अध्यक्ष्य बिबेक बुढाथोकीले कार्यक्रमको तयारीका लागी बिभीन्न ठाँउमा बृहत छलफल गर्दै आवश्यक जिम्मेवारी बाँडफाडसहित तयारीलाई तिब्रता दिइरहेको बताए । यस्तै क्षत्रिय सचिब केशब लामीछाने, मेला उप संयोजक कृष्णहरी पाठक लगाएतले कार्यक्रम सम्मन्न गर्न यहाँको नेपाली समाज, संघ संस्था बिभीन्न क्षत्रमा कार्यरत पेशा तथा ब्यबसायी सम्बद्ध व्यक्तिहरुको अहम भुमिका रहने बताए ।

    कार्यक्रममा प्राध्यापक डक्टर हरि देवकोटा, इन्जिनियर क्षितिज पन्त, सुरेन्द्र डंगोल, बिनोद बस्नेत खुमामोतो नेपाली समाजका अध्यक्ष्य कृष्ण पाण्डे, लगाएतका सहभागीहरुले मेला सफल बनाउन आफुहरु पूर्ण रुपमा लागिपर्ने बताएकाछन् ।

    दिनानुदिन बिदेशी हरुको संख्या बढेसंगै देश तथा बिदेशमा आपसी कला र सँस्कृति आदान प्रदानलाई बृहत बनाउन यस्ता मेला र महोत्सबहरु अझ धेरै आवस्यक रहेको सहभागीहरुले बताएका छन् । उक्त महोत्सबलाई पछिल्लो पटक बर्तमान प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया