• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने लगायत यस्ता छन् मन्त्रपरिषद् बैठकका मुख्य निर्णयहरू

    748
    SHARES



    काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने निर्णय गएको हो ।

    बैठकले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

    यस्तै सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजीद्वय उमेश जोशी र भीम प्रसाद ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय पनि गरेको हो ।

    सरकारले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने सरकारले भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धरलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ