• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकद्धारा कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग

    1.4K
    SHARES



    काठमाडौं । माछापुच्छ्रे बैंकले धादिङ्गवेशीको एक विद्यालयलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ । बैंकको धादिङ्गस्थित सिम्ले शाखाले धादिङ्गवेशी नगरपालिका वडानम्बर ६ स्थित श्री कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको हो ।

    बैंकले विद्यालयलाई ७ थान कम्प्युटर तथा १ थान कलर प्रिन्टर सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल माध्यमबाट पठनपाठन गराउने तथा कम्प्युटर सम्बन्धित ज्ञान प्रदान गर्न टेवा पुर्‍याउने उदेश्यले बैंकले उक्त सामाग्रीहरु हस्तान्तरण गरेको जनाएको छ ।

    श्री कालीदेवी आधारभुत विद्यालयलाई कम्प्युटर सहयोगपछि विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न तथा दैनिक प्रशासकिय कार्य गर्न समेत र पाठ्य सामाग्री अध्ययन गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ