• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन समाचार

    असल नियत हालेको अँगालो हिंसा होइन : प्रकाश दुतराज

    1.8K
    SHARES



    काठमाडौं । केही दिन अगाडि पोखराको एक महोत्सवमा गायक प्रकाश दुतराजलाई स्टेजमै केही महिला फ्यानहरूले अङ्गालो हाल्दै चुम्बनसमेत गरे । यस घटनालाई लिएर सामाजिक सञ्जालमा केहीले गायकमाथि हिंसा भएको बताएका छन् ।

    ‘कुनै गायिकालाई पुरुष फ्यानले यस्तो क्रियाकलाप गरेको भए, हिंसा भयो भन्ने हुन्थ्यो तर महिलाका लागि जे पनि छुट ?’ भन्नेजस्ता टिप्पणी पनि सामाजिक सञ्जालमा आइरहेका छन् । तर, गायक प्रकाश भने त्यो घटनालाई सामान्य रुपमा लिएको बताउँछन् ।

    प्रकाश भन्छन्, ‘त्यो मप्रति महिला फ्यानले जनाउनुभएको कृतज्ञता हो । अँगालो हाल्नुको इन्टेन्सन के थियो भन्ने कुराले अर्थ राख्छ ।’उनले थपे, ‘हिंसा नछोएर पनि गर्न सकिन्छ । तर, पोखरामा उहाँहरुको इन्टेन्सन गलत नभएको हुदाँ म त्यसलाई हिंसा मान्न तयार छैन ।’

    ‘एक स्रष्टाप्रति देखाउनुभएको कृतज्ञता वा प्रेमलाई मैले हिंसा भनिदिएँ भने उहाँहरुले मलाई कुन रुपमा हेर्नुहोला ?’ उनले प्रतिप्रश्न गरे ।

    आफ्नो गीत सिर्जनालाई धेरै स्रोता र दर्शकहरुले मन पराइदिएकै कारण आफू यो ठाउँमा उभिन सकेको भन्दै उनले फ्यानहरुप्रति कृतज्ञता देखाएका छन् ।

    उनी भन्छन्, ‘एक सामान्य व्यक्तिबाट गायकका रुपमा ग्रहण गर्दिनुभएको छ, सबैको आर्शिवाद र मायाले आफूलाई भाग्यमानी ठानेको छु ।’

    फ्यानहरूको मायाले अझै नयाँ–नयाँ सिर्जनामा जुट्नुपर्छ भनेर आत्मविश्वास जगाएको उनको भनाइ छ । पोखरामा फ्यानहरुले दर्शाएको प्रेमलाई गलत अर्थ नलगाइदिन उनले आफ्ना शुभचिन्तक तथा दर्शकलाई अनुरोध गरेका छन् ।

    उनी भन्छन्, ‘पहिले–पहिले फोटो खिच्न आउँथे, यसरी अगाँलो हालेको पहिलोपटक हो ।’ फ्यानको प्रेम र सद्भाव देख्दा गीत गाउँदा–गाउँदै आफू भावुक भएको पनि उनले सुनाएका छन् । उनले उक्त फ्यानहरुलाई धन्यवाद पनि व्यक्त गरेका छन् ।

    प्रकाश दुतराजका घर कता हो बैनीको, देउरालीमा ध्वजा रिमई, जाम भो माइली लगायतका गीत सर्वाधिक लोकप्रिय छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ