• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    गीत-सङ्गीत मनोरञ्जन

    ‘रेलको बाटो’ को फिमेल भर्सन सार्वजनिक, भिडियाेसहित

    50K
    SHARES



    काठमाडौं । ‘रेलको बाटो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक भएको छ। गायिका स्मृति शाहीको स्वर रहेको गीत ‘रेलको बाटो’ सार्वजनिक भएको हाे । यसअघि सुरज पण्डितको स्वरमा आएको यो गीतले चर्चा पाउन सफल भएपछि फिमेल भर्सनमा ल्याइएको हो ।

    कर्णाली प्रदेशको विकट गाउँ हुम्ला जिल्लाको परिवेशमा तयार पारिएको गीतका शब्द लेखराज गिरीले कोरेका हुन् । हुम्लावासीले भोग्नु परेको दुःख पीडा उजागर गरिएको गीतमा सहरमा रेल आउने चर्चा चलिरहँदा हुम्लामा मोटर पुग्ने आशामा जनता रहेको सन्देश समेटिएको छ ।

    यसपटक गीतको बोलअनुसार नै हुम्लावासीले भोगिरहेको पीडाको एक अंश प्रस्तुत गरिएकाे छ । गीतको भिडियो निर्माणका लागि एक महिना समय लागेको भिडियो निर्देशक लक्ष्मण सुनारले बताए।

    गीतको मेल भर्सनलाई युट्यूबमा साढे १८ लाख बढी पटक हेरिएको छ। बिहीबार मात्रै सार्वजनिक भएको फिमेल भर्सन युट्यूबको टेण्डिङमा छ। गीतमा कलाकार चिरिञ्जवी सापकोटा, सरस्वती खत्री लगायत स्थानीय कलाकारहरुको अभिनय छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ