• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    फोटो-फिचर

    लकडाउनको १७ औं दिन काठमाडौँका सडकमा जे देखियो, १५ तस्विरमा हेर्नुहाेस्

    8.4K
    SHARES

    काठमाडौं । चीनको वुहानबाट विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले यहि चैत ११ देखि घोषणा गरेको लकडाउनको १७ औं दिन बितिसक्दा राजधानी काठमाडौँमा सडक सुनसान देखिन्छन् ।

    लकडाउनले जनजीवन निकै प्रभावित बनेको छ। उपत्यकाका सडकमा अत्यावश्यक बाहेकका सवारीसाधन चलेका छैनन् भने जथाभावी हिँड्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाही गरेको छ।

    प्राणघातक कोरोनाको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनका कारण दैनिक ज्याला मजदूरी गरी छाक टार्ने मजदुर भने समस्यामा परेका छन्। उनीहरुलाई सरकारले राहात दिने घोषणा गरेको छ तर कार्यन्वायनमा आएको देखिदैन ।

    काठमाडौँमा मजदुरी गरेर खानेहरुले जोहो गरेको खाद्यान्न र पैसा सकिएपछि हुलका हुल मजदुरहरु काठमाडौँदेखि बारा-पर्सासम्म पैदल हिडेर गएको समाचार बाहिर आएका छन् तर सरकारले खासै सुनेको जस्तो देखिदैन । हुन त सरकारले त्यस्ता मजदुरहरुको घरभाडा नलिन भनेर आब्हान समेत गरिसकेको छ । यस्तो बेला सरकारले उनीहरुका लागि केहि राहात दिन सकेको र घरबेटीले भाडा छुट गर्न सकेको अबस्थामा उनीहरुलाई केही सहज हुने थियो कि ?

    लकडाउनले राजधानीका ल्ली सकड ब्यापारी महल सुनसान बनेका छन् भने प्रत्येक चोकचोकमा प्रहरी खटिएका छन्। बजार ठप्प छ भने अत्यावश्यक सामाग्री पाइने पसल छुटफुट खुलेका छन् । सरकारले गत चैत ११ देखि लागू गरेको लकडाउन वैशाख ३ गतेसम्म जारी रहनेछ।

    हालसम्म नेपालमा कोरानाको संक्रमण भने जम्मा ९ जनामा देखिएको छ । ति मध्ये १ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरना संक्रमणको जाच गर्नका लागि देशको राजधानीसहित अन्य ६ ठाउँमा ल्याब सथापना गरिसकेको छ ।

    दैनिक सयौको संख्यामा परिक्षण गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई नागरिकले पालना गरेर कोरोना संक्रमनालाई रोकथाममा भने सरकारलाई सहयोग गरेका छन् ।

      
    समिर चन्द
    [email protected]

    समिर चन्द सन्चारकेन्द्र डटकमका सिनिएर रिपोर्टर हुन् । आरआर क्याम्पसमा पत्रकारिता बिषयमा अध्यनरत चन्द समसामयिक र राजनीतिक बिषयमा लेख्छन् ।

    समिर चन्दबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ